Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

४ बजे अघिकाे मत परिणाम सार्वजनिक बाम गठबन्धनकाे अग्रता कायमै

४ बजे अघिकाे मत परिणाम सार्वजनिक बाम गठबन्धनकाे अग्रता कायमै

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर २३ २०७४


४ बजे अघिकाे मत परिणाम सार्वजनिक बाम गठबन्धनकाे अग्रता कायमै

इलाम । इलामको प्रतिनिधी तथा प्रदेशसभाका सवै क्षेत्रमा बाम गठबन्धनले अग्रता लिएको छ । इलाम क्षेत्र नं १ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व प्रधामन्त्री तथा एमाले बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेसका भुपेन्द्र कट्टेललाई पछि पार्दै अग्रता कायम राखेका छन् ।

शनिवार ४ बजे  सम्मको मत परिमाण अनुसार खनालले १४ हजार ८ सय ५६ र कट्टेलले ८ हजार ४ सय ९० मत प्राप्त गरेका छन । त्यसै गरी क्षेत्र नं २ मा बाम गठबन्धनका साझा उम्मेदवार पुर्व सभामुख सुवास नेम्वाङले १७ हजार ७ सय ६७ मत प्राप्त गर्दा उनको प्रतिद्धन्द्धी नेपाली कांग्रेसका नेता केशव थापाले १२ हजार ५ सय ६१ मत प्राप्त गरेका छन ।

ञयसैगरी प्रदेशसभामा समेत बाम गठबन्धका उम्मेदवार अगाडी छन । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं १ को १ मा बाम गठबन्धकी खिनु लङ्वा लिम्बुले  ८ हजार ५ सय ३७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका देवेन्द्र राईले ३ हजार ६ सय ७२ मत प्राप्त गरेका छन् ।

इलाम क्षेत्र नं १ को २ मा बाम गठबन्धकै काजीमान कागतेले ८ हजार ७ सय ४८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी कांग्रेसका उम्मेदवार दुर्गा बरालले ५ हजार ५ सय ३५ मत प्राप्त गरेका छन ।

यस्तै प्रदेश सभा इलाम क्षेत्र नं २ को १ मा बाम गठबन्धनका राम रानाले ९ हजार ७ सय ६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खडकाले ८ हजार ५ सय ८८ मत प्राप्त गरेका छन ।

इलाम क्षेत्र नं २ को २ मा बाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका नेता धिरेन्द्र शर्मा रमणले ५ हजार ७ सय १४ मत प्राप्त गर्दा नेपाली कांग्रेसका नेता खगेन्द्र देवानले ३ हजार ७ सय १ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार