इलाम । प्रदेशसभा तर्फ इलाम क्षेत्र नं २ को १ को मतगणनाको नतिजा सार्वजनिक भएको छ ।
भरखरै सार्वजनिक गरिएको नतिजा अनुसार बाम गठबन्धनका राम रानाले अग्रता कायमै राखेका छन ।
रानाले हालसम्म ६ हजार ५ सय मत प्राप्त गरिरहँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डम्बर खडकाले ५ हजार ६ सय १५ मत प्राप्त गरेका छन ।
जिल्लाका २ प्रतिनिधी र ४ प्रदेससभाको नतिजा अनुसार सवै क्षेत्रमा बाम गठबन्धनले स्पष्ट मतका साथ अग्रता लिइरहेको छ ।