Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा मतगणना गर्नका लागि १० बजे सर्वदलिय बैठक

इलाममा मतगणना गर्नका लागि १० बजे सर्वदलिय बैठक

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर २२ २०७४


इलाममा मतगणना गर्नका लागि १० बजे सर्वदलिय बैठक

इलाम । इलाममा मतगणना गर्नका लागि १० बजे सर्वदलिय बैठक बोलाइएको छ । इलामका सबै मतदात केन्द्रबाट मतपेटिका आज बिहान ६ बजेसम्ममा संकलन भइसकेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणना गर्नका लागि १० बजे सर्वदलिय बैठक बोलाइएको हो ।
राजनीतिक दल, संचारकर्मी लगायत सबै पक्षसँग १० बजे लगायतका सबैपक्षसँग छलफल गरेपछि मतगणना सुरु गर्ने जिल्ला निर्वाचन अधिकारी प्रेम काफ्लले बताउनुभयो । शुरुमा प्रतिनिधिसभा तर्फको मतपेटिका खोलेर गणना शुरु गरिने मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।

प्रतिनिधि सभा तर्फको मत परिणाम आउन दूई दिनसम्म लाग्ने छ ।
दूई प्रतिनिधिसभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा १ सय ४४ स्थानका २ सय ४४ मतदान केन्द्रमा मतदाताले मतदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार