Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

२ बजेसम्ममा ५० प्रतिशत बढी मत खस्यो

२ बजेसम्ममा ५० प्रतिशत बढी मत खस्यो

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २१ २०७४


२ बजेसम्ममा ५० प्रतिशत बढी मत खस्यो

इलाम : इलाममा २ बजेसम्ममा ५० प्रतिशत भन्दा बढी मत खसेको जिल्ला निर्वाचन मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका २ सय ६६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपले मतदान भइरहेको जानकारी आएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।
‘मतदान अधिकृतहरूले २ बजेसम्ममा एसएमएस सिस्टममा दिएको जानकारी अनुसार ५० प्रतिशत भन्दा बढी मत खसिसकेको छ,’ सुवेदीले भने, ‘तर, सबै मतदान केन्द्रमा फोन सम्पर्क हुन नसक्ने भएकाले ठ्याक्कै यति नै भन्न चाहिँ अलि भरेसम्म कुर्नुपर्छ ।’

११ बजेअघि मतदाताको चाप नरहेको मतदानस्थलहरुमा अहिले चाप बढेका कारण बढी कारण खसेको मतको प्रतिशत बढेको सुवेदीले बताए ।

जिल्लामा मध्याह्नसम्म कुनै अप्रिय घटना सुन्नु नपरेको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार