Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

मतदानपछि खनालले भने ‘अव मुलुकले स्थिर सरकार पाउनेछ’

मतदानपछि खनालले भने ‘अव मुलुकले स्थिर सरकार पाउनेछ’

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २१ २०७४


मतदानपछि खनालले भने ‘अव मुलुकले स्थिर सरकार पाउनेछ’

इलाम । पुर्व प्रधानमन्त्री तथा इलाम क्षेत्र १ का प्रतिनिधिसभाका उम्मेदवार झलनाथ खनालले यो निर्वाचनपछि मुलुकले स्थिरता पाउने बताएका छन ।

उनले ४५ जिल्लामा उत्साहपूर्ण रूपले मतदान सुरु हुनु संविधान कार्यान्वयनको अभिन्न पाटो भएको भन्दै अब संविधान कार्यान्वयन पूर्णतातिर गएको बताए । ‘मुलुकले संविधान पाएको छ । शान्ति प्रक्रियाका केही अवशेष बाहेक संक्रमणकाल सकिएको छ ।

’ सुर्योदय नगरपालिका–९ रम्फोकमा रहेको राष्ट्रिय आधारभुत विद्यालयमा मतदानपछि सञ्चारकर्मीहरूसँग खनालले भने, ‘ यो निर्वाचनबाट नेपाली जनताले ठूलो सफलता हासिल गरेका छन् ।’ अव मुलुकले स्थिर सरकार पाउनेछ । अब जनता अधिकार सम्पन्न हुनेछन’

प्रतिक्रिया
सम्बन्धित समाचार