Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

बिन्ध्याबासिनी म्युजिक अवार्ड टप फाइभमा राष्ट्रिय गीत ‘बुद्ध खेल्ने आगन मेराे’

बिन्ध्याबासिनी म्युजिक अवार्ड टप फाइभमा राष्ट्रिय गीत ‘बुद्ध खेल्ने आगन मेराे’

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १७ २०७४


बिन्ध्याबासिनी म्युजिक अवार्ड  टप फाइभमा राष्ट्रिय गीत ‘बुद्ध खेल्ने आगन मेराे’

इलाम ।  आठौ बिन्ध्याबासिनी म्युजिक अवार्डको  राष्ट्रिय भाबको गीत बिधामा बिष्णु पौडेल निरिषको शब्द सृजना  रहेको गीत बुद्ध खेल्ने आगन उत्कृष्ट पाँचमा पर्न सफल भएको छ  ।  राजन कार्कीको स्वर र सङीत रहेकाे साे गित यस बर्षकाे राष्ट्रिय भाबको गीत बिधामा   उत्कृष्ट पाँचमा बुद्ध खेल्ने आगन पर्न सफल भएकाे हाे । गत साउनमा सम्पन्न पाचौं राष्ट्रिय लोक दोहरी अवार्ड २०७४ मा समेत साे  गीतले राष्ट्रिय अवार्ड उचाल्न सफल भएको थियाे ।

गीतका प्रत्येक शब्दहरू देश प्रेमले ओतप्रोत छन । नेपाल हाम्रो देश, शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मभुमि, सगरमाथाको देश, वीर गोर्खालीको नामले संसारभर परिचित हामी नेपाली हाम्रो सास्कृतिक, भाषिक भौगोलिक आदि बिबिधताले सम्पन्न छौ हामिलाई हाम्रो राष्ट्रियता प्राण भन्दा प्यारो छ  । काे हिमाली को पहाडी अनि को मधेसी, सम्पुर्ण हामी नेपाली मात्र नेपाली यस्तै यस्तै भाब बोकेको यो गीत निकै नै उत्कृष्ट छ ।

सशस्त्र प्रहरी बल नेपालमा सेवारत शसस्त्र प्रहरी निरीक्षक बिष्णु पौडेलले यो गीतलाई सर्बोत्कृष्ट बनाउनको लागि हरेक नेपाली मनहरुसग आफ्नो मोबाईलको म्यासेज बक्समा गएर BMA 21C टाईप गरेर 33001 पठाउन अनुरोध समेत गरेका छ्न । पाैडेल हाल शसस्त्र प्रहरी बल नेपाला सुरक्षा कार्यालय रूपन्देही लुम्विनीमा कार्यरत छन ।

यस अघि उनी शसस्त्र प्रहरी वेस क्याम्प दानाबारी इलामकाे प्रमुखमा रूपमा थिए । बिन्ध्याबासिनी म्युजिक कम्पनीले हरेक बर्ष साल भरिका उत्कृष्ट गीत सङीतका विविध बिधाहरुलाइ पुरस्कृत गर्दै अाएकाे छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार