Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

झलनाथ खनाल सवार गाडी नजिक बिष्फाेट

झलनाथ खनाल सवार गाडी नजिक बिष्फाेट

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १६ २०७४


झलनाथ खनाल सवार गाडी नजिक बिष्फाेट

फिक्कल।  देशका बिभिन्न जिल्लामा भइरहेकाे बम अातंक इलाममा समेत सुरू भएकाे छ ।

शुक्रबार साँझ ७ बजे फिक्कल- पशुपतीनगर सडक खण्डकाे तिनखुट्टेमा पुर्व प्रधानमन्त्री एबम बाम गठबन्धन इलाम क्षेत्र नं १ का उम्मेदबार झलनाथ खनाल सबार गाडि नजिकै बम बिष्फाेट भएकाे प्रहरीले जनाएकाे छ ।

इलामका प्रहरी प्रमुख एसपी बिपिन कर्मचार्यले खनाल सबार गाडीलाइ लक्षित नभइ बाटाे मुनीकाे कान्लाबाट बिष्फाेटकाे अावाज अाएकाे बताए । विष्फाेटकाे बिषयमा अनुसन्धान भइरहेकाे उनले बताए ।

प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद पाेखरेलले घटना सामान्य भएपनि विष्फाेटमा संलग्नलाई कारबाहिकाे दायरामा ल्याइने बताए । पाेखरेलका अनुसार बिष्फाेट खनाल सबार गाडीभन्दा १५/२० मिटर पर भएकाे र अब उम्मेदवारलाई सुरक्षाका बिच राखिने छ ।

खनाल माइ नगरपालिकाकाे चुनावी सभालाई सम्बाेधन गरेर फर्कदै थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार