Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

हर्कटेकाे दुग्ध उद्योगमा आगलागी, १ करोड बढीको क्षति

हर्कटेकाे दुग्ध उद्योगमा आगलागी, १ करोड बढीको क्षति

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर १३ २०७४


हर्कटेकाे दुग्ध उद्योगमा आगलागी, १ करोड बढीको क्षति

फिक्कल । सुर्योदय नगरपालिकामा रहेको दुग्ध उद्योगमा आगलागी हुँदा एक करोडभन्दा बढीको धनमाल क्षति भएको छ । सुर्योदय नगरपालिका–६ हर्कटेमा रहेका खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथिभरा दुग्ध उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हो ।

विहान साढे ५ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरिक्षक दिलिप कार्कीले जानकारी दिएका छन । आगलागीबाट एक करोडभन्दा बढीको धनमाल क्षति भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।  आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै मेसिनमा समेत क्षति पुगेको छ । स्थानीयवासी, प्रहरी, शसस्त्र प्रहरी र सुर्योदय नगरपालिकाको दमकलको प्रयासमा २ घण्टामा आगो नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार