Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

दाङमा भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरीको मृत्यु

दाङमा भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरीको मृत्यु

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर १३ २०७४


दाङमा भएको बम विस्फोटमा घाइते भएका म्यादी प्रहरीको मृत्यु

दाङ,  – दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको ज्यान गएको छ । म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका–१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।

मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार नचिनेका मानिसको समूहले गराएको विस्फोटमा आठजना घाइते भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार