- लीलाराज झापाली
काँकडभिट्टा । झापाको काँकडभिट्टामा जारी तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा पुलिसलाई ३—० गोलअन्तरले पराजित गदै त्रिभुवन आर्मी फाईनलमा प्रवेश गरेको छ ।
मंगलवारको पहिलो सेमिफाइनल खेलमा आर्मीको जितका लागि दिनेश हेम्जन नायक बने । उनले आर्मीका लागि २ गोल गरे । प्रतियोगितामा ३ वटै गोल दोस्रो हाफमा संम्भव भएको हो । हेम्जनले खेलको ५४ र ६४ औ मिनेटमा गाेल गरे भने तेस्रो गोल आर्मीका जर्जपिन्स कार्कीले गरे । २ गोल गरेका दिनेश खेलको म्यान अफ द म्याच घाेषित भए । उनले नगद १० हजार प्राप्त गरे । दिपक गुरुङ्गको क्रस पासमा गाेल गर्दै दिनेशले आर्मीलाई अग्रता दिलाएका थिए
त्यसको १० मिनेटपछि नै जर्जपिन्स कार्कीको क्रसपासमा गदै हेम्जनले अग्रता दाेव्वर पारे । फर्ममा रहेका जर्ज पिन्स कार्कीले तेश्राे गाेल गरे । उनले पोल नजिक्कैवाट गरेको प्रहार पुलिसका गोलकिपर रोशन खड्कालाइ विट गर्दै जाली चुम्याे । यो जित सगै आर्मी काँकडभिट्टामा जारी गोल्डकपको कम्तीमा ४ लाख रुपैँया पक्का गरेकाे छ ।
बुधवार हुने दोस्रो सेमिफाइनल खेल आयोजक काँकडभिट्टा टेनिङ्ग सेन्टर र मनाङ मस्याङदी बिच हुनेछ । आजको खेल पहिलो हाफ आर्मी र पुलिस वरावरी खेल खेलेपनि दोस्रो हाफमा भने आर्मी पुलिसमाथी हावी भएको थियो । खेलको १५ औ मिनेटमा आर्मीले आक्रमणको सुरुवात गरेको थियो । पुलिसका खेलाडीले आर्मीका जर्जपिन्स कार्कीलाई लडाएपछि पाएको फाउललार्इ कार्कीले पाेष्टकाे दिशा दिन सकेनन् ।
खेलको २४ औ मिनेटमा पुलिसका जुमानु राई वान भर्सेस वानमा गाेल गर्न चुके । खेलको ३१ औ मिनेटमा आर्मीका भरत खवासले नजिक्कैवाट वान भर्सेस वान प्रहार पुलिसका डिफेन्स दिनेश राजवंशीले क्लियर गरेका थिए । ३५ औ मिनेटमा पुलिसका तेज तामाङ्गको क्रसमा रवि पासवानले गरेको प्रहार थोरै वाहिरवाट वाहिरिएको थियो ।
यसैगरी खेलको ४९ औ मिनेटमा आर्मीका भरत खवासको हेड थोरै ढिला हुदा गोल गर्नबाट चुके । ५० औ मिनेटमा पुलिसका सुमन लामाको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले वचाए । काँकडभिट्टा माविको खेल मैदानमा जारी प्रतियोगिताको विजयी तथा उपविजयी हुने टिमले नगद ८ लाख र ४ लाख पाउनेछन । गोल्डकपको आयोजना काँकडभिट्टा फुटवल टेनिङ्ग सेन्टरले गरेको हो । प्रतियाेगिताकाे फाइनल मंसिर १५ गते शुक्रवार हुदैँछ ।