Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

मतदान र सहायक मतदान अधिकृतहरुको तालीम सुरु

मतदान र सहायक मतदान अधिकृतहरुको तालीम सुरु

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १२ २०७४


मतदान र सहायक मतदान अधिकृतहरुको तालीम सुरु

इलाम । आसन्न प्रतिनिधिसभा र प्रदेशसभामा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरुको तालीम सुरु भएको छ । ३ चरणमा हुने तालिम मंसिर ११ गतेबाट सुरु भएको तालिम मंसिर १५ गते सम्पन्न हुनेछ । मंसिर ११ र १२ गतेको पहिलो चरणमा इलाम नगरपालिका, देउमाइ नगरपालिका र सन्दकपुर गाँउपालिकाका १९४ जना मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको सहभागिता रहेको जिल्ला निर्वाचन कार्यालयका नायब सुव्वा खेम राईले बताए ।
तालीममा सहभागीहरुलाई प्रशिक्षकका रुपमा जिल्ला निर्वाचन अधिकारी प्रेमकुमा काफले, इलाम स्रोत केन्द्रका स्रोत व्यक्ति रोमनाथ शर्मा, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख लगायतले तालीमकाे सहजिकरण गर्दैछन । त्यसै गरी मंसिर १३ र १४ गते सुर्योदय नगरपालिका, रोङ गाँउपालिका र माइजोगमाइ गाँउपालिकाका मतदान तथा सहयायक मतदान अधिकृतको सहभागीता रहने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मंसिर १४ र १५ गते माइ नगरपालिका, माङसेवुङ गाँउपालिका, चुलाचुली र फाकफोकथुम गाँउपालिकाको मतदान र सहायक मतदान अधिकृतहरुको तालिम रहेको छ । प्रशिक्षकले सहभागीहरुलाई मतदान केन्द्रमा अपनाउनु पर्ने प्रक्रिया, मतदाता परिचयपत्र वितरण, मतपेटिकामा लगाउने लाहाछाप, मुचुल्काजस्ता विविध पक्षमा जानकारी गराउनेछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार