Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते

हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १२ २०७४


हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना, दुर्इ पाइलटसहित ५ घाइते

, काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । मंगलबार बिहान सुर्खेतका लागि उडान भर्ने क्रममा अगाडिको टायर पञ्चर भएपछि विमान दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार, दुर्घटनामा पाइलटसहित पाँचजना घाइते भएका छन् । घाइतेहरूमा पाइलटद्वय बसन्त लामा र अनुप गुरूङ रहेका छन् । अन्य तीन जना चुनाव सकेर फर्किदै गरेका प्रहरी रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए ।

घाइतेहरूको हुम्लाकै सिमकोटमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी बास्कोटाले जानकारी दिए । अस्पतालका अनुसार घाइतेहरूको अवस्था सामान्य भएको प्रजिअ बास्कोटाले बताए । घाइतेको अवस्था हेरी सुर्खेत या नेपालगञ्ज लैजाने तयारी गरिएको प्रजिअ बास्कोटाले जानकारी दिए । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार