रोङ । कुटिडाँडामा जारी प्रथम पाथिभरा गोल्डकपको क्वाटरफाइलनका खेलहरु सोमबारबाट सुरु भएका छन । प्रतियोगिता अन्र्तगत आज भएका खेलमा चाहना युवा समुह विर्तामोड र बुधवारे झापा बिजय बन्दै सेमीपmाइनल प्रवेश गरेका छन ।
चाहनाले चारआली फुटबल क्लबलाई ट्राइवेकरमा ३–० ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्न सफल भएको हो । निर्धारित समयमा दुवै टिमबाट १/१ गोल भएको थियो । त्यसैगरी आज नै भएको दोश्रो क्वाटरफाइनलमा फाजीगाँउ फुटबल क्लबलाई ट्राइवेकरमा ५–४ गोल अन्तरले हराउदै बुधवारे झापा समेत सेमीफाइनल पुग्यो । निर्धारित समयमा दुवै टिमबाट १/१ गोल भएको थियो ।
मंगलबार हुने क्वाटरफाइनलमा अन्य खेलहरुमा जिर्मलेले फिक्कलको सामना गर्नेछ । त्यसै गरी तिनघरे खुदुनावारी झापाको सामना गर्दैछ । दोश्रो चरणको खेलमा धुलाबारीलाई हराउदै फिक्कल क्वाटरफाइनल प्रवेश गरेको भने जिर्मलेले गोलधापलाई पाखा लगायो ।
राष्ट्रिय स्तरका खेलाडीहरु समेत सहभागी
पाथिभरा गोल्डपमा राष्ट्रिय टिममा स्थान बनाइसकेका खेलाडीहरुले समेत आफनो खेल कौशल देखाउने छन । मंगलबारको खेलमा जिर्मलेको तर्फबाट झापा–११ का स्ट्राइकर कर्ण लिम्बु, विशाल राई, दिलेन लोक्ताम, योगेश गुरुङ, योगेश प्रसाइ लगायतका खेलाडीहरु सहभागी हुने भएका छन । त्यस्तै तिनघरेले अर्जुनधारालाई हराएको थियो भने खुदुनावारी आयोजकलाई हराउदै क्वाटरफाइन पुगेको हो ।
रोङ–३ कुटिडाँडा स्थित शान्ति निकेतन माविको खेलमैदानमा मंसिर ६ गतेबाट जारी प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका १८ टिमको सहभागीता रहेको आयोजक कुटिडाँडा युथ क्लबका अध्यक्ष सुरज लिम्बुले जानकारी दिए । मंसिर १७ गते सम्पन्न हुने प्रतियोगिताको बिजेताले नगद ५० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाउनेछ ।
गोल्डकपको अवसरमा मिनी मेला समेत आयोजना भइरहेको छ । मेलामा विभिन्न सांगतिक एवम सांस्कृतिक कार्यक्रमहरु भइरहेको आयोजक समितीले जनाएको छ । मेलामा राष्ट्रिय स्तरका कलाकारको समेत प्रस्तुती रहनेछ ।