चुलाचुली । प्रदेश र प्रतिनिधी सभाको निर्वाचन अन्तर्गत आज देशका मुख्य पहाडी र हिमाली गरि ३२ जिल्लामा निर्वाचन चलिरहेको छ । तर आजकै दिन राष्ट्रपति बिद्यादेवी भण्डारी भने इलाम अाएकी छन ।
इलामको चुलाचुली गाउँपालिका वडा नं १ कमलमा अवस्थित फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाको दोस्रो बार्षिक उत्सव तथा धर्म संरक्षक तथा गुरु लफायङको ७५ औ जन्मजयन्तीको अवसरमा आयोजीत कार्यक्रममा प्रमुख अतिथीको निमन्त्रणा स्विकार गर्न इलाम आएकी हुन ।
उनले आज महागुरु फाल्गुनन्दको नयाँ शालिकको अवतरण समेत गरिन । शालिकको अवतरण गरेपछि त्यहाँ आयोजीत कार्यक्रमको संबोधन गर्दै राष्टपति भण्डारीले महागुरु फाल्गुनन्दले समाज सुधारमा पुर्याउनु भएको भूमिका स्मरणीय रहेको बताइन । राष्ट्रपति भण्डारीले महागुरु फाल्गुनन्दले चाल्नु भएको कदम समाज परिवर्तनका लागि भएको बताइन । ‘ किरात धर्मका महागुरु अव किरातीको मात्र हैन सबै नेपालीका लागी उहाँ महागुरु हो । ’ राष्ट्रपतिले आफ्नो आफ्नो मन्तव्यका क्रममा भनिन ।

फाल्गुनन्द लफयङ बहुभाषिक पाठशालाको दास्रो वार्षिक उत्सव तथा धर्म संरक्षक तथा गुरु लफायङको ७५ औ जन्मजयन्तीको अवसरमा आयोजीत कार्यक्रममा बिषेश अतिथि रहुन भएका पूर्व सभामुख तथा एमाले नेता सुभासचन्द्र नेम्वाङले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय बिभूति बनाउन आफुले अहम भूमिका खेलेको बताए ।
तत्कालिन माधव कुमार नेपाल प्रधानमन्त्री रहेकाे भएको बेला महागुरुलाई राष्ट्रिय बिभुति घोषणा गरेको नेम्वाङले बताए । ‘मेरो आफ्नो मिहनत र प्रयासले महागुरु फाल्गुनन्दलाई राष्ट्रिय बिभुति बनाए अव उहाँको जन्मदिनको यपलक्षमा सार्वजनिक बिदाका लागि समेत मेरो पहल रहने छ । ’ नेता नेम्वाङले भने ।
कार्यक्रमका सभापति तथा सस्थाका अध्यक्ष डम्वर कुमार तुम्वाम्फोले यहाँ स्थापना गरिएको बिद्यालय नेपालकै पहिलो बहुभाषिक बिद्यालय रहेकोले यसको बिषेस महत्व रहेको बताए ।
बिद्यालयमा अहिले लिम्वु, नेपाली र अंग्रेजी भाषाको पढाई भैरहेको र अन्य भाषाको समेत बढाई गर्न शिक्षक दरवन्दी सहित भवनको समेत समस्या रहेकोले सरकालाई सहयाेग गरिदन आग्रह गरे। अध्यक्ष तुम्वाम्फोले ‘ बिभिन्न धर्मका सस्कृती , नृत्य लगायतको प्रवर्धन गर्न सस्था सँधै लागि परिरहने बताए ।
कार्यक्रममा बिचबिचमा बिभिन्न जातिय नृत्य समेत प्रस्तुत गरिएको थयो । कार्यक्रममा इलाम जिल्लाका बिभिन्न सरकारी निकायका प्रमुखहरु, चुलाचुली कमल गाउँपालिकाका अध्यक्ष लगायतको अतिथ्यता रहेको थियो । करिव १ हजारको हाराहारीमा स्थानिय सर्वसाधारणको उपस्थिती रहेको थियो ।