इलाम । आसन्न दोस्रो चरणमा हुन गइरहेको प्रतिनिधि र प्रदेश सभा निर्वाचन आउन अब मात्र २० दिन बाँकि छ । आइतबार देशका हिमाली र उच्च पहाडि ३२ जिल्लामा निर्वाचन भइसकेको छ । लगत्तै दोस्रो चरणको निर्वाचन नजिकिँरहँदा इलाममा नेपाली काँग्रेसले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन् ।
यसैक्रममा इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा उम्मेद्धार भूपेन्द्र कट्टेल तथा सोहि क्षेत्रका प्रदेश नम्बर १ का उम्मेद्धार देवेन्द्र राई सहितको टोलिले घरदैलो अभियानलाई तिब्रता दिइरहेका छन । सन्दकपुर र माइजोगमाई गाउँपालिकामा चुनावी सभा, कार्यकर्ता भेटघाटका साथै घरदैलो अभियान सिध्याएर दुईजना उम्मेद्धार यतिखेर सूर्योदय नगरपालिकामा घरदैलो अभियानमा केन्द्रित .छन ।
जसअनुरुप आइतबार सूर्योदय नगरपालिका १० स्थित गोदकमा चुनावी सभा र घरदैलो कार्यक्रम गरे । गोदकमा रहेका मतदाताका घर घरमा पुग्दै घरदैलो अभियान सञ्चालन गरिएको काँग्रेस नेता मिलन क्षेत्रीले जानकारी दिए। घरदैलो अभियानमा समानुपातिक तर्फका उम्मेद्धार बिष्णु दाहाल, काँग्रेस महासमिति सदस्य भेषराज आचार्य लगायतको पनि उपस्थिती रहेको छ ।
घरदैलो अभियानका क्रममा उम्मेद्धारले मतदातासँग मत माग्ने मात्रै नभएर मतदाता शिक्षाका विषयमा पनि जानकारी गराउँदै आएको बताइएको छ । घरदैलो अभियानको क्रममा प्रतिनिधि सभा उम्मेद्धार भूपेन्द्र कट्टेलले खानेपानीको समस्या समाधान गर्ने, कृषिलाई प्राथमिकता दिने, सडक पूर्वाधार निर्माण गर्ने र पर्यटन क्षेत्रको विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।
यस्तै प्रदेश सभाका उम्मेद्धार देवेन्द्र राईले यस निर्वाचन क्षेत्र अन्तर्गतको प्रदेश नम्बर १ मा पर्यटन ,कृषि, उद्योग र रोजगारीको लागि सधैं सक्रिय भएर लागि पर्ने प्रतिबद्धता जनाएका छन । घरदैलो अभियानको क्रममा मतदाताको घरदैलामा पुगेर नेपाली काँग्रेसका उम्मेदवारहरुलाई रुख चिन्हमा मतदान गर्न आग्रह गरे ।
यसैगरी क्षेत्र नम्बर २ मा पनि प्रतिनिधि सभा उम्मेद्धार केशब थापा, प्रदेश सभाका उम्मेद्वारहरु डम्बर खड्का र खगेन्द्र देवानले पनि घरदैलो अभियानलाई तिब्रता दिइरहेका छन ।