Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा दोश्रो उद्योग दिवस मनाइयो

इलाममा दोश्रो उद्योग दिवस मनाइयो

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १० २०७४


इलाममा दोश्रो उद्योग दिवस मनाइयो

इलाम । दोश्रो उद्योग दिवस विविध कार्यक्रमका बिच इलाममा मनाइएको छ । उद्योग दिवसको अवसरमा उद्योगको क्षेत्रका समस्या र समाधान बिषयक अन्तरक्रिया गरिएको छ । कार्यक्रमका सहभागीहरुले सरकारको दोहोराे करको मारमा परेका कारण उद्योग धन्दा फस्टाउन समस्या रहेकोमा जोड दिए ।

आफनो उत्पादनमा अर्कैले लेबल लगाएर विक्री गर्नाले समस्यामा परेको चिया उद्यमीहरुले गुनासो राखे । राज्यलाई सवैभन्दा बढी कर तिर्ने सुनचादी व्यवसायीहरुल भएपनि सरकारले उपेक्षा गरेको सुनचाँदी व्यवसायी संघका देवेन्द्र शंकरले बताए । साथै सोही समारोहमा इलामेली ललिपप उद्योगकी प्रोपाइटर सुस्मा राई र एग्रो अर्गानिक क्याफे देउकुमार रार्इलार्इ उद्योग र पर्यटन क्षेत्रमा विशेष योगदान दिएको भन्दै सम्मान गरिएको थियो ।

उद्योग विकास शाखा इलामका प्रमुख नविनकुमार पौडेलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी उद्योग वाणिज्य संघ इलामका अध्यक्ष आनन्द कट्टेल रहेका थिए । कार्यक्रममा घरेलु महासंघ, उद्योग वाणिज्य संघ, अलैची व्यवसायी संघ, पर्यटन प्रर्वद्धन सरोकार समिती, होटल एसोसिएनस, सुनचाँदी व्यवसायी संघ लगायतका संघसंस्थाका ५० बढीको सहभागीता रहेको थियो । सरकारले गत बर्षबाट हरेक मंसिर ९ गतेलाई उद्योग दिवसको रुपमा मनाउदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार