Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१ बजेसम्म ४० प्रतिशत भन्दाबढी मतदान, सबैभन्दा धेरै प्रतिशत मनाङमा

१ बजेसम्म ४० प्रतिशत भन्दाबढी मतदान, सबैभन्दा धेरै प्रतिशत मनाङमा

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर १० २०७४


१ बजेसम्म ४० प्रतिशत भन्दाबढी मतदान, सबैभन्दा धेरै प्रतिशत मनाङमा

 काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको लागि जारी पहिलो चरणमा ४० प्रतिशत भन्दा बढी मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ। आयोगका अनुसार पहिलो चरण अन्तर्गत ३२ जिल्लाका प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभा अन्तर्गत ७४ निर्वाचन क्षेत्रमा शान्तिपूर्वक र उत्साहजनक रुपमा मतदान भइरहेको छ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार, दिउँसो १ बजेसम्म औषतमा ४० प्रतिशत भन्दा बढी मतदान भएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार सबैभन्दा बढी मनाङमा ५० प्रतिशत भन्दा बढी मतदान भएको छ। प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका ४ हजार ४६५ मतदान केन्द्रहरुमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान कार्य जारी रहनेछ। बेलुका ५ बजेभित्र मतदान केन्द्रहरुमा प्रवेश गरिसकेका मतदाताहरुले मतदान गर्न पाउने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार