सुर्योदय । विवेकशील साझा पार्टीकी केन्द्रिय सदस्य रञ्जु दर्शनाले देशको दुर्दशा र वेथितिको जिम्मा पुराना दलहरुले लिनुपर्ने बताएकी छन् । चुनावी मैदानमा रहेका विवेकशिल साझा पार्टीका उम्मेद्धार सचेन घलेलाई सहयोग गर्न इलाम आएकी दर्शनाले पुराना दलहरुले देशको विकास नचाहेको धारणा राखिन ।
ठूला पार्टीहरुले युवालाई अवसर नदिएकोे बताउदै दर्शनाले भनिन ‘ ठूला दलहरुले युवालाई अवसर दिएनन, युवालाई झण्डा बोकेर हिँड्ने मात्र बनाए त्यसका लागि पनि हामीले विवेकशील दल दर्ता गराएका हौँ, हामी युवाले विवेकशील नेपाली दल मार्फत राजनीतिक गरेका हौ । ’ उनले देशमा एक अर्को राजनीतिक दलको खिचातानीका कारण युवाले रोजगारी नपाएर विदेशिनु परेको दाबी गरिन् ।

कार्यक्रममा बोल्दै अर्का केन्द्रिय सदस्य गोविन्द नारायणले पार्टी परिवर्तन नगरेपनि विचार परिवर्तन गरेर मुलुकको सम्वृद्धिका लागि तराजुमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा बोल्दै उम्मेद्धार घलेले आफुसंग इलामको विकासका सपना र मोडलहरु रहेकाले देखिने परिवर्तनको महसुस गर्न तराजुमा मतदान गर्न आग्रह गरे ।