Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

विकासका निम्ति म काम गर्नेछु: पूर्व प्रधानमन्त्री खनाल

विकासका निम्ति म काम गर्नेछु: पूर्व प्रधानमन्त्री खनाल

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर ९ २०७४


विकासका निम्ति म काम गर्नेछु: पूर्व प्रधानमन्त्री खनाल

इलाम । चुनावी प्रचार अभियानमा व्यस्त रहनु भएका पूर्व प्रधानमन्त्री एवम एमाले वरिष्ठ नेता झलनाथ खनालले इलाममा आफना आफन्तसहित २५० जना कांग्रेस कार्यकर्तालाई एमालेमा प्रवेश गराउनु भएको छ ।

सन्दक्पुर गाउँ पालिक अन्तर्गत देउराली बजार आयोजित चुनावीसभामा नेता खनालले उनीहरुलाई एमाले प्रवेश गराउनु भएको हो । एमाले प्रवेश गर्नेहरुमा माइमजुवा र सुलुबुङका सर्वसाधारण बढी छन । ती क्षेत्रमा नेता खनालका आफन्त र नातेदार बढी छन । नेता खनाल इलामको मात्र नभई मुलुकको नेता भएको र उहाँबाट मात्र आफनो जिल्लाको विकास सम्भव भएकाले आफूहरु कांग्रेस छोडर एमालेमा आएको नवप्रवेशीहरुले बताए ।

चुनावीसभालाई सम्बोधन गदैै नेता खनालले निर्वाचनमार्फत संविधानमा रहेका संरचना निर्माण गर्ने बताउँदै भन्नुभयो, “संविधानमा समेटिएका संरचना निर्माण र वामपन्थीहरुको एकता र भिजनसहितको स्थायी सरकार बन्ने कुराले यो निर्वाचनको महत्व छ । ”
नेपाली काँग्रेसले बनाउने भन्दा बिगार्ने काम मात्रै गरेको आरोप लगाउँदै उहाँले निर्वाचनपछि मुलुक नयाँ ढंगबाट अघि बढ्ने धारणा राख्नुभयो । नेता खनालले इलामको समग्र क्षेत्रको विकासमा आफनो प्रतिबद्धता दोहर्याउँदै भन्नुभयो, ‘यहाँ कृषि, पर्यटन, अन्य विभिन्न उत्पादनको राम्रो सम्भावना रहेको छ । त्यसको विकासका निम्ति म काम गर्नेछु । यहाँका जनतालाई आर्थिक रूपमा सक्षम बनाउनका निम्ति काम गर्नेछु ।’

मुलुकको समृद्धिका निम्ति स्थायी सरकार जरुरी रहेको र निर्वाचनपछि बामपन्थीको नेतृत्वमा त्यो सम्भव भएकाले अब सुखका दिन टाढा नभएको उहाँले स्पष्ट पार्नुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार