इलाम : इलाम नगरपालिका ५ चुरेघाँटीमा रहेको धे छ्योग ग्य्रलिन गुम्बाको खानेपानीलाई इलाम नगरपालिकाले विना जानकारी काटेको छ । इलाम नगरपालिकाको टोली सोमबार गुम्वामा गएर विना जानकारी खानेपानी लाईन काटेको हो ।
गुम्बामा आउने धारा नं. १६८६ को खानेपानी महसुल कार्तिक १९ गते तिरेको विल भौचर गुम्बा सँग हुँदा हुँदै पनि खानेपानी लाइन कटेको गुनासो गुम्वा व्यवस्थापन समितिका अध्यक्ष राजेन तामाङले गरे ।
सर्वजनिक स्थलमा खानेपानी दिनु नगरपाकिलाको दायित्व हुँदा हुँदै पनि नगरपालिकाले वौद्धधर्मालम्वीहरुको आस्थाको केन्द्र गुम्वाको खानेपानी लाईन काट्नुलाई वौद्धधर्मालम्वीहरु माथिको आक्रमणको रुपमा लिएको वौद्ध लामाहरु बताउँछन् ।
यता नगरपालिकाका खानेपानी शाखाका कर्मचारी मेघनाथ ढुङ्गाना भने आफुहरुले मौखिक जानकारी दिएको नमाने पछि नगरपालिकाको नियाम लागु गर्दै खानेपानी लाईन काट्न वाध्य भएको बताउछन् । उनले भने उहाँहरुले खानेपानी तरकारी बारीमा पनि लागाएको र अन्य घरहरुलाई पनि पानी प्रयोग गर्न दिएको हुनाले नगरपालिका बाध्य भएर लाईन काटेको हो ।
यसरी नगरपालिकाले खानेपानीको लाईन काट्दा मिटर सम्म नभएको धाराको खाने पानी महसुल पनि बुझ्दै अएको छ । नगरपालिकाले लाईन काटेको ठाउँमा खानेपानि चुहावट पनि देखिन्छ र त्यही चुहावटबाट तरकारीबारीमा पानीको प्रयोग भएको देखिन्छ ।
यसरी चुहावट रोक्ने नाममा सार्वजनिक ठाउँको नगरपालिकाले खानेपानी लाईन काटेर आम नागरिक माथी पानी पिउन पाउने अधिकारमा समेत आक्रमण गरेको छ ।