Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रकाश दाहालः जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

प्रकाश दाहालः जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

  • सन्देश सम्वाददाता
  • आइतबार, मंसिर ३ २०७४


प्रकाश दाहालः जसले आफैं फेसबुकको फोटो ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाए

काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालले अब कहिल्यै फेसबुक चलाउने छैनन् । प्रकाशको फेसबुकमा रहेको प्रोफाइल तस्वीरसमेत ‘ब्ल्याक एण्ड ह्वाइट’ बनिसकेको छ । संयोग पनि कस्तो १ मर्नुभन्दा अगाडि नै प्रकाश दाहाल आफैंले रंगीन ‘प्रोफाइल पिक्चर’ हटाएर फेसबुकमा ‘ब्ल्याक एण्ड ह्वाइट’ तस्वीर राख्न भ्याएका छन् ।

कृष्णबहादुर महरासहितको सामुहिक रंगीन तस्वीर हटाएर प्रकाशले अघिल्लो साता नै आफ्नो प्रोफाइल तस्वीर ‘ब्ल्याक एण्ड ह्वाइट’ बनाएका थिए । आफ्नो फेसबुकको अन्तिम पोष्टिङमा भने प्रकाश दाहालले केही पनि नलेखिकन छोराको तस्वीर राखेका थिए ।

दाहालले आफ्नो फेसबुकको कभर फोटोमा बलिरहेको दीयो राखेका छन् । त्यहा उनी छोराका साथमा देखिन्छन् । र, उनले दशैं, तिहार र छठमा स्वदेश र विदेशमा रहेका दाजुभाइ दिदीबहिनीहरुलाई दिएको शुभकामना नै जीवनको अन्तिम शुभकामना बन्न पुगेको छ ।

अस्पताल परिसरमा  सर्वसाधारणको भिड 

अस्पताल परिसरमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ । सधैं प्रचण्डसँगै हिँड्ने गरेका उनी मलाई सन्चो छैन भनेर चितवनको चुनावी कार्यक्रमलाई बीचमै छाडेर काठमाडौं फर्किएका थिए । उनी प्रचण्डसँग गोरखा, बाग्लुङ, झापा लगायत स्थानका कार्यक्रममा गएका थिएनन् । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

दाहालको निधनपछि नर्भिक अस्पतालमा पुगेका पत्नी सिर्जना त्रिपाठी र भाञ्जीहरू रोइरहेको कारूणिक दृश्य देखिएका छन् । दाहालको निधनको खबर सुन्ने वितिकै पुर्व प्रधानमन्त्री एवम नेकपा एमाले इलाम क्षेत्र नं १ बाम उम्मेदवार झलनाथ खनाल नर्भिक अस्पताल पुगेका छन

प्रतिक्रिया
सम्बन्धित समाचार