Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

सामाजिक कार्यमा जुट्दै युवा सुचना केन्द्र

सामाजिक कार्यमा जुट्दै युवा सुचना केन्द्र

  • लोकल सन्देश
  • शनिबार, मंसिर २ २०७४


सामाजिक कार्यमा जुट्दै युवा सुचना केन्द्र
  • सुदिप श्रेष्ठ

इलाम : युवा सुचना केन्द्र इलामले सडक नाटक तथा बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । इलामको भालुढुङ्गा तथा चियाबारी क्षेत्रमा युवा सुचना केन्द्रले सरसफाईको कार्यक्रमको आयोजना गरेको हो । सरसफाई कार्यक्रममा विभिन्न संघ संस्थाका ८० जनाको उपस्थिति रहेको थियो ।

सरसफाई कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले म्यादी प्रहरी परिचालन गरि सहयोग पुर्याएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, विशेष अतिथि नेपाल परिवार नियोजन संघ इलामका सभापति ज्ञानी शिविकोटी, विशेष अतिथि जिल्ला युवा समिति इलामका अध्यक्ष नवराज शंकर रहेका थिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय, सशस्त्र प्रहरी बल, मानव अधिकार मञ्च, पशुपतिप्रसाद गण, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक कार्यालय, सहयोगी हातहरुको समुह, क्विन इलाम लगायतका सरकारी तथा गैर सरकारी संघ संस्थाहरुको उपस्थिति रहेको थियो ।

चोक बजारमा  सरसफाई सम्बन्धि सडक नाटक

चोक बजारमा मञ्चन गरिएको सरसफाई सम्बन्धि सडक नाटकमा विना अधिकारी, सफलता राई, मनिसा अधिकारी, प्रमिला कुँवर, किरण राई र राम आचार्य लगायतका कलाकारहरुले सहभागीता जनाएका थिए । युवा निर्देशक अन्वेश राई थुलुङले नाटक लेखन तथा निर्देशन गरेका थिए ।

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले खाजाको प्रायोजन गरेको नेपाल परिवार नियोजन संघ युवा उपसमिति इलामकी अध्यक्ष दिक्षा खवासले बताईन् । नेपाल परिवार नियोजन संघ इलामले १४ बर्ष अगाडी युवा लक्षित कार्यक्रम सञ्चालन गर्न युवा सुचना केन्द्रको स्थापना गरेको थियो । कार्यक्रम सम्पन्न गर्न १० हजार लागत खर्च भएको र सो रकम युवा सुचना केन्द्रका युवाहरु आफैले सङ्कलन गरेर खर्च गरेको आयोजक युवा सुचना केन्द्रका सचिव दुर्वश थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार