Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

प्रथम पाथीभरा गोल्डकपको टाइसिट सार्वजनिक

प्रथम पाथीभरा गोल्डकपको टाइसिट सार्वजनिक

  • डाइमन्ड तिम्सिना
  • शनिबार, मंसिर २ २०७४


प्रथम पाथीभरा गोल्डकपको टाइसिट सार्वजनिक

रोङ ।  इलामको रोङ गाँउपालिका–३ कुटिडाँडामा आगामी मंसिर ६ गतेबाट हुने प्रथम पाथीभरा गोल्डकप खुल्ला नकाउट फूटबल प्रतियोगिताको टाइसिट सार्वजनिक भएको छ । कुटिडाँडा युवा क्लबले आयोजनामा हुने प्रतियोगिताको पहिलो खेलमा धुलाबारी र फिक्कल भिडने भएका छन । त्यसै गरी सोही दिन नै हुने दोश्रो खेलमा आयोजक र खुदुनावारीविच प्रतिस्पर्धा हुने छ ।

इलाम, झापा, मोरङ र सुनसरीका १८ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ३० हजार, शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितीका अध्यक्ष सुरज लिम्बुले बताए ।

कुटिडाँडा स्थित शान्ति निकेतन माबिको खेलमैदानमा सञ्चालन हुने प्रतियोगिता सेभेन साइडको हुने आयोजक समितिले जनाएको छ । प्रतियोगिताको लागि रोङ गाँउ खेलकुद बिकास समितिले आर्थिक सहयोग गर्ने कोषाध्यक्ष राज आङदाम्बेले बताए ।

प्रतियोगितामा सहभागि हुन आउने इलाम जिल्ला बाहिरका टिमलाई यातायात बापतको बसभाडा (फेयर) समेत उपलब्ध गराउने निर्णय भएको अध्यक्ष लिम्बुले बताए । ‘स्थानीय स्तरमा खेल र खेलाडीको प्रतिभा प्रोत्साहनका निम्ती आयोजना गरिएको प्रतियोगिता मंसिर १७ गते  सम्पन्न हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार