इलाम । नेकपा एमालेका बरिष्ठ नेता एवम इलाम क्षेत्र नं १ का बाम गठबन्धनका उम्मेदवार झलनाथ खनाल एक्कासी विरामी भइ उपचारका लागी काठमाण्डौ गएका छन । कार्तिक २७ गते माइ नगरपालिका–१ सदुवाको चुनावी सभामा जाने क्रममा अस्वस्थ्य भएका नेता खनाल सभास्थल नपुगी भद्रपुरबाट प्लेनमा काठमाण्डौ गएको उनीसंगै सभामा गएका एक नेताले बताए ।
खनाल ग्रान्डी हस्पिटलमा चेकअप पछि घरमा आराम गरिरहेको उनका स्विकिय सचिव कृष्ण भट्टराईले बताए । सदुवाको सभा अघि खनालले रोङ गाँउपालिकाको ५ वटा र माइ नगरपालिकाको ४ वटा सभालाई सम्वोधन गरेका थिए । खनाल अझै २/ ३ दिन काठमाण्डौ बस्ने भट्टराईले बताए ।
विगत लामो समयदेखी थाइराइड, भिटामिन डी डिफिसेन्सी, प्रेसर रोगबाट पिडित खनाल पिसाब सम्बन्धी समस्या देखिएपछि ३ बर्षअघि अमेरिकाको मेरिल्याण्ड स्थित जोन हकिम्स अस्पतालमा शल्यक्रिया गरिएको थियो । त्यसअघि सोही रोगकोे भारतमा २ पटक र नेपालमा एकपटक शल्यक्रिया गरिएको थियो ।