दमक । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधामन्त्री केपी शर्मा ओलीले ‘म प्रधानमन्त्री भएको वेला कसैले बिहे गरेनन् कि क्या हो रु’ भनेर वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग्य गरेका छन् ।
शनिबार झापाको दमकमा सञ्चारकर्मीहरुसँग कुराकानीका क्रममा प्रधानमन्त्री देउवाले कम्प्यूनिष्टको सरकार आए बिहे गर्न पनि पाइँदैन भनि दिएको अभियक्तिको जवाफ दिँदै ओलीले यस्तो व्यङ्ग्य गरेका हुन् ।
‘यो पराजयको आशंकाबाट पैदा भएको त्रासको प्रतिफल हो’, ओलीले भने, ‘हतासको अभिव्यक्तिप्रति म कुनै टिकाटिप्पणी गर्न चाहन्न ।’ कम्यूनिष्टको सरकार आए लोकतन्त्र सुदृढ हुने र लुटतन्त्र चाहिँ खतरामा पर्ने भएकाले विपक्षी अत्ताल्लिएको उनको भनाइ थियो ।