Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

डा महतको चुनाव प्रचारमा प्रयोग भएको गाडीमा विस्फोट, ५ जना घाइते

डा महतको चुनाव प्रचारमा प्रयोग भएको गाडीमा विस्फोट, ५ जना घाइते

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर १ २०७४


डा महतको चुनाव प्रचारमा प्रयोग भएको गाडीमा विस्फोट, ५ जना घाइते

काठमाडौं  :  नुवाकोटको ककनीमा नेपाली कांग्रेसका नेता डा रामशरण महतको चुनाव प्रचार प्रसारमा प्रयोग भएको गाडीमा बम विस्फोट हुँदा ५ जना घाइते भएका छन्।

ककनीदेखि ३ किलोमिटर टाढा मझुवा चियावगानमा डा। महत सवार गाडीको पछाडि रहेको बा १६ च ६६५ नम्बरको गाडीमा वम विस्फोट हुँदा घाइते भएका ५ मध्ये दुई जनाको अवस्था गम्भीर रहेको नुवाकोटमा प्रहरी प्रमुख वीरेन्द्रकुमार बस्यालले जानकारी दिए। डा साब चढेको गाडीको पछुवा गाडीमा बस विस्फोट भएको छ। ५ जना घाइते भएका छन्, उनीहरुमध्ये २ जना सिरियस छन् उनले भने।

घाइतेलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको एसपी बस्यालले जानकारी दिए। चुनाव प्रचार प्रसारका क्रममा रहेका डा। महतको शुक्रबार ककनी गाउँपालिका चारघरेमा घरदैलो गर्ने कार्यक्रम रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार