Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

२ घण्टामै नयाँ स्वरुप पायो फिक्कलले, विदेशीले पनि दिए साथ

२ घण्टामै नयाँ स्वरुप पायो फिक्कलले, विदेशीले पनि दिए साथ

  • नमीन ढकाल
  • शुक्रबार, मंसिर १ २०७४


२ घण्टामै नयाँ स्वरुप पायो फिक्कलले, विदेशीले पनि दिए साथ

 सुर्योदय । मेची राजमार्गभरी विद्यार्थी, नर्स, प्रहरी, जनप्रतिनिधी, स्थानियबासी एवम विदेशी नागरिकहरु यो दृश्य आज अपराहन्न सुर्योदय नगरपालिका-१० फिक्कलमा देखियो । बाटो नै ढाक्ने गरी भेला भएका स्थानियहरुले ‘प्लाष्टिकमुक्त सरसफाइ नगर निर्माण अभियान’ लेखेको व्यानर बोकेर नगरको सरसफाइ गरे ।

करिव १ सय बढीको संख्यामा भेला भएका स्थानियले जथाभावी छरिएको फोहोर बटुलेर नजिकै रहेको डस्टिबिन एवम बोरामा भेला पारे । विदेशी नागरिकहरुले पनि ढल निकासभित्र थुप्रिएको फोहोरहरु संकलन गरे ।

अभियानका क्रममा सहभागी विदेशी नागरिक केइसीले सरसफाइ अभियानमा साथ दिन पाउदा खुशी लागेको बताए । उनले नेपालीहरु सहयोगी र मिलनसार भएका उनीहरुको अभियानलाई समते आफनै जस्तो लागेको प्रतिक्रिया दिए । विदेशीहरुको हिलोमैलोको प्रवाह नगरी स्थानियसंग २ घण्टा बढी समय खटिए ।

जथाभावी सडक र घर निर्माण बजारमा बन्द भएका ढल र नाला, फोहोर व्यवस्थापन नहुँदा दुर्गन्धित बजार, सानो बाटोको कारण सवारी आवागमनमा पनि समस्याका कारण कुरूप बन्दै गएको पर्यटकिय नगरी सुर्योदयले २ घण्टामै रुप फेर्यो ढल निकास अवरोध गरि राखिएका सामाग्रीहरु हटाइए ।

मंसिर १ गते ( आज) बाट लागु हुने गरी सुर्योदयलाई प्लाष्टिकमुक्त नगर अभियान सुरु गरिएको छ । मुलुक संघियतामा प्रवेश गरेर जनप्रतिनिधी पाएपछि आफ्नो स्वरूप परिवर्तनको तयारी थालेको हो । सुर्योदय नगरले नयाँ सहर व्यवस्थापनको नयाँ ढाँचा प्रस्ताव गरेको छ ।

नगरपालिकाले आधुनिक सहरका रूपमा विकास गर्ने र व्यवस्थित सहर निर्माणको प्रक्रिया अगाडि बढाउन सुरु गर्दैछ ।नगरको बजार क्षेत्रका ढल र नाला खोल्ने, प्लास्टिकमुक्त नगर बनाउन अभियान थाल्ने, निर्माण सामग्रीलाई सडकमा राख्न नदिने लगायत योजना नगरपालिकाले अगाडि सारेको छ । यसले सुर्योदयलाई नमुना सहर बन्न मद्धत पुग्ने वडाध्यक्ष पेमा उर्गेन लामाले बताए ।

नगर सरसफाइमा ६ जना विदेशी नागरिक सहित स्थानियबासिन्दा, व्यवसायी, एभरल्यान्ड बोर्डिङका विद्यार्थी, नेप्लिज टिन्सका युवा लगायत १ सय हाराहारीमा भेला भएकाहरुले फिक्कल बजारमा रहेको फोहोर संकलन गरे ।

बजारभित्र निर्माण गरिएको नालीमा जम्मा भएको फोहोर स्काभेर्टर र ट्रिपरको को सहायताले संकलन गरी ल्यान्डफिल्ड साइडमा लगिएर फाल्ने तयारी भइरहेको छ ।

नगर क्षेत्रमा बाटो अतिक्रमण गरि राखिएका संरचनाहरु हटाउनका लागी स्थानियहरुलाई आग्रह गर्दै नमुना सहरको रुपमा विकास गर्न अहिलेबाटै आवश्यक पूर्वतयारी थालिएको नगरप्रमुख रणबहादुर राईले बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार