Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

श्रीमतीको शव फेला परेको १५ दिन नवित्दै श्रीमान झुन्डिएको अवस्थामा फेला

श्रीमतीको शव फेला परेको १५ दिन नवित्दै श्रीमान झुन्डिएको अवस्थामा फेला

  • सन्देश सम्वाददाता
  • बिहिबार, कार्तिक ३० २०७४


श्रीमतीको शव फेला परेको १५ दिन नवित्दै श्रीमान झुन्डिएको अवस्थामा फेला

माईजोगमाई । इलामको माईजोगमाई गाउँपालिका–३ मा मा श्रीमतीको शव फेला परेको १५ दिन बित्नै नपाउदै श्रीमान रुखमा झुन्डिएको अवस्थामा फेला परेका छन । नाम्सालिङ्ग लालिखर्कका ख्याम श्रेष्ठ रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन ।

गत कार्तिक १५ गते उनकी श्रीमती गीता कुमारी श्रेष्ठको शब उत्तरे पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो । त्यसको १५ दिन बित्न नपाउदै श्रीमान ख्याम श्रेष्ठको शव घरबाट ५ सय मिटर पर नीबारोको रूखमा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यलय माइजोगमाइका प्रहरी नायव निरिक्षक सोम दुलालले बताए

बुधवार साँझ ५ बजे घरबाट हराएका श्रेष्ठलाई गाँउलेले खोज्दै जाँदा बेलुका ९ बजे रुखमा झुन्डिएको अवस्थामा फेला पारेका थिए । मृतकको शव पोष्टमार्टमको लागी स्वास्थ्य चौकी फिक्कलमा लगिएको प्रहरीले जनाएको हो । श्रेष्ठ दम्पतीको घटनाको बिषयमा थप अनुसन्धान भइरहेको र सामान्य तनावमा समेत आत्महत्या गर्ने भएकाले पोष्टमार्टम रिर्पोटपछि मात्र थप बताउन सकिने इलाका प्रहरी कार्यालय पशुपतीनगरका प्रहरी निरिक्षक शिवकुमार बुढाथोकीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार