Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

उद्धघाटन खेलमा घरेलु टोली झापा–११ को सानदार जीत

उद्धघाटन खेलमा घरेलु टोली झापा–११ को सानदार जीत

  • लोकल सन्देश
  • मंगलबार, कार्तिक २८ २०७४


उद्धघाटन खेलमा घरेलु टोली झापा–११ को सानदार जीत
  • शान्तिराम बस्नेत

शिवसताक्षी । झापाको झिलझिलेमा सुरु भएको दोस्रो सताक्षी गोल्डकपको उद्धघाटन खेलमा झापा–११ ले सानदार जित निकालेको छ ।

मंगलवार भएको खेलमा घरेलु टोली रमपम झापा–११ ले पोखरा–११ लाई ५—० गोल अन्तरले पराजित गरेको हो । घरेलु दर्शकको समर्थन पाएको झापा ११ का लागी स्टाइकर कर्ण लिम्बुले २ गोल गरेका थिए भने विशाल राई , विदेशी खेलाडी मार्टिन अजय र खमिर गिल्सन कन्दङ्वाले १/१ गरे ।

खेलको पहिलो हाफको ९ औं मिनेटमा विदेशी खेलाडी मार्टिन अजयले गोलको खाता खोलेका थिए भने दोस्रो गोल खेलको १७ औं मिनेटमा कर्ण लिम्बु, १९ औं मिनेटमा विशाल राई, ५१ औं मिनेटमा खमिर गिल्सन कन्दङ्गवा र अन्तिम गोल कर्ण लिम्बुले ७२औं मिनेटमा गर्दै आफ्नो टीमको लागि जीत सुनिश्चित गराएका थिए । यता पोखराका खेलाडीले पाएको एकमात्र पेनाल्टी सुटमा पनि गोल गर्न नसक्दा पोखरा निल काट्न समेत नसकि घर फर्किएको हो ।

स्थानीय सतासीधाम स्पोटिङ्ग क्लवको आयोजनामा भएको खेलमा विजयी र उपविजयी हुने टिमले नगद ५ लाख र २ लाख ५० हजार पाउनेछन । बुधवारको खेल पाहुना टिम भारतको डाइमण्ड अफ एकाडेमी मध्यप्रदेश भारत र विभागिय टिम एपिएफ विच हुने आयोजक समितिका अध्यक्ष रमेश लावतीले बताए ।

उद्घाटन खेलको म्यान अफ द म्याच विजेता टीमका क्याप्टेन योगेश गुरुङ्गले पाए । उनलाई म्यान अफ द म्याच स्पोन्सर महालक्ष्मी प्रा.लि. आइटेल टेक्नोमोबाइल कम्पनीमार्फत नगद १० हजार प्राप्त गरे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार