Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

ट्रक दुर्घटना हुँदा रोलर चालकको मृत्यु

ट्रक दुर्घटना हुँदा रोलर चालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २८ २०७४


ट्रक दुर्घटना हुँदा रोलर चालकको मृत्यु

रोङ । मेची राजमार्गको किटेनी–कोल्बुङ सडक खण्डको रोङ गाँउपालिका– ४ मा रोड रोलर बोकेको ट्रक पल्टिदा एक जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा रोलर चालक ३८ बर्षिय भिम नेम्वाङ रहेका छन । झापाबाट रोड रोलर बोकेर इलाम तर्फ आउदै गरेको ना ४ ख ३६९ नम्बरको ट्रक पिकअप टुटेर सडकबाट अन्दाजी २ सय ५० तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

ट्रक चालक इलाम नगरपालिका १० बस्ने ४६ बर्षिय सिंहराज महत र सहचालक सुनसरी भलुवाइ गाउपालिका बस्ने बर्ष १५ को करण बि.सी घाइते भइ उपचारको लागी झापा स्थित बिएन्डसी अस्पताल लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख पदम राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार