काठमाडौं । पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको शनिबार निधन भएको छ। ९० वर्षीय विष्टको ज्ञानेश्वरस्थित घरमा शनिबार विहान मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
क्यान्सर रोगबाट पीडित विष्टको विहान साढे १० बजे निधन भएको हो। पञ्चायत कालमा २०२६, २०२८ र २०३४ सालमा गरी तीन पटक प्रधानमन्त्री बनेका विष्ट २०६१ सालमा राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए।