Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

बिर्तामोडमा छोराद्धरा बाबुमाथि खुकुरी प्रहार

बिर्तामोडमा छोराद्धरा बाबुमाथि खुकुरी प्रहार

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक २४ २०७४


बिर्तामोडमा छोराद्धरा बाबुमाथि खुकुरी प्रहार

बिर्तामोड । बिर्तामोडमा छोराको खुकुरी प्रहारबाट बाबु गम्भीर घाइते भएका छन् । छोराको खुकुरी प्रहारबाट बाबु  कुलबहादुर राई गम्भीर घाइते भएका हुन । खुकुरी प्रहार गर्ने उनका छोरा बिर्तामोड नगरपालिका–१० शम्भु चौक बस्ने हर्क बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी दिएको छ ।

घरायसी विवादको क्रममा छोराले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । हर्क बहादुरले बाबुमाथि धारिलो हतियार खुकुरी प्रहार गर्नुका साथै लाठीले अन्धाधुन्ध कुटपिट गरेका थिए ।

हतियार र लाठी प्रहारबाट शरिरको विभिन्न भागमा चोटपटक लागी गम्भीर घाइते भएका बाबु कुल बहादुरको बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा रहेका राईको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको

प्रतिक्रिया
सम्बन्धित समाचार