इलाम । मेची राजमार्ग अन्तरगत इलामको सूर्योदय नगरपालिका सडक खण्डमा ट्रकको ठक्करबाट एक पैदल यात्रु घाइते भएका छन् । घाइते हुनेमा सूर्योदय नगरपालिका १० इलामका १४ वर्षका रोहित प्रधान रहेका छन् । इलामबाट गोलिया लोड गरि झापा जाँदै गरेको ना २ ख ७८२५ नम्बरको ट्रकले सूर्योदय नगरपालिका १० स्थित पेट्रोल पम्पछेउमा पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
आज बिहान साढे ११ बजेको समयमा ट्रकले ठक्कर दिएका प्रधानको बाँया खुट्टा भाच्चिएकाले उपचारका लागि झापाको वि एण्ड सि अस्पतालमा लगिएको फिक्कल प्रहरी चौकीका प्रमुख मोहन रायमाझिले बताउनुभयो । पैदल यात्रीलाई ठक्कर दिने ट्रक र ड्राइभरलाई फिक्कल प्रहरी चौकीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको छ ।