इलाम । इलामको सुर्योदयनगर पालिकामा स्थित फिक्कल माबिको प्रथम बार्षिककोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । तीन दिन सम्म चलेको कार्यक्रममा विभिन्न खेलकुद ,सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा बिद्यालयका पुर्ब अध्यक्ष ,पुर्ब प्रधानाध्यापक लगायतलाई बिद्यालयमा पुर्याएको ऐतिहासिक योगदानको कदर गर्दै सम्मान गरियो । १९७७ सालमा स्वामी सम्वेषडानन्दले स्थापना गर्नु भएको बिद्यालय अहिले जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको कार्यक्रममा बताईएको छ ।
सम्मानित हुनेहरुमा पुर्ब अध्यक्षहरु ज्ञानी राम श्रेष्ठ , मोहन श्रेष्ठ , दुर्गा बराल, उत्तम कुमार श्रेष्ठ ,याम बा घले , यस्तै पुर्ब प्रधानाध्यापक हरु कमल बहादुर राई ,नरहरि रिमाल , कल्याण रिमाल , मान बहादुर प्रधान , दौलत राज पान्डे ,बम बहादुर फागो लगायतलाइ इतिहास सम्झाइरहने र भाबी पुस्तालाई समेत स्मरण रहोस् भनेर सम्मान गरिएको प्रधानाध्यापक गँगा बहादुर महतले जानकारी दिए ।
सुर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राइको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको विशेष अतिथी जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतम रहेका थिए । । कार्यक्रममा सुर्योदय नगरपालिकाका श्रोत ब्यक्ति जय भन्डारी , प्रधानाध्यापक गंगा बा महत ,सुर्योदय नगरपालिका -१० का अध्यक्ष पेमाउर्गेन लामा ,याम बहादुर घले ,करफोक बिद्यालयका अध्यक्ष दिपक अधिकारी लगायतको आतिथ्यता रहेको कार्यक्रममा मान बहादुर प्रधान प्रतिष्ठानले २०७३ सालको कक्षा १२ को परिक्षामा ६७ प्रतिशत अंक ल्याउने रबिना नेपाललाइ नगद रु १२ हजार सहित प्रशंसा पत्र प्रदान गर्यो ।
प्रतिष्ठानले बिद्यालयलाइ दुई लाख बराबरको अक्षय कोष स्थापना गरिदिएको प्रतिस्ठानका अध्यक्ष गंगा प्रधानले बताए । कार्यक्रम बिद्यालय ब्यबस्थापनका अध्यक्ष डिल्ली सुबेदीको अध्यक्षतामा सम्पन्न भएको छ ।