Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मरब क्याम्पसका थापाले पाए विद्यावारिधि

मरब क्याम्पसका थापाले पाए विद्यावारिधि

  • लोकल सन्देश
  • बुधबार, कार्तिक २२ २०७४


मरब क्याम्पसका थापाले पाए विद्यावारिधि
  • सुदिप श्रेष्ठ

इलाम । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका अध्यापक भुपालकृष्ण थापाले सहकारीका विषयमा विद्यावारिधि गरेका छन् । इलाम जिल्लाबाट सहकारीताकै क्षेत्रमा विद्यावारिधि गर्ने उनी पहिलो ब्यक्ति हुन् ।

‘नेपालको सहकारी विकासमा नीतिगत प्रभाव’ विषयमा उनले विद्यावारिधि हासिल गरेका हुन् । महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा अध्यापन गराउने अध्यापकहरुमध्ये उनी तेश्रो पिएचडी होल्डर समेत भएका छन् । यसअघि डा. नृसिंह कुमार खत्री र डा. डिएन फुयाँलले छुट्टाछुट्टै विषयमा विधावारिधि हासिल गरिसकेका छन् ।

डा. खत्री हाल सो क्याम्पसमा छैनन् भने डा. फुयाँल अध्यापनरत छन् ।  डा. थापाले अध्यापकको रुपमा वि.सं. २०५७ सालमा सो क्याम्पसमा पढाउन शुरु गरेका थिए । ब्यवस्थापन शंकायमा अध्यापन गराउदै आएका थापा इनपा ६ का रैथाने हुन् ।

जिल्ला सहकारी संघ इलामका निवर्तमान अध्यक्ष विष्णु दहालले इलाम जिल्लामा सहकारीताको क्षेत्र विस्तार हुदै गएको र राष्ट्रले पनि राज्यको आर्थिक मेरुदण्डको रुपमा स्विकारिसकेको अवस्थामा सहकारीको क्षेत्रमा इलामले मात्र नभई देशले नै नयाँ सम्पति र जनशक्ति पाएको प्रतिक्रिया दिईन् । कात्तिक १ गते देखि पुराना सहकारी सम्बन्धि सम्पूर्ण कानुनहरु स्वत खारेज गर्दै नयाँ सहकारी ऐन २०७४ लागु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार