इलाम । माङसेवुङ गाउँपालिकामा रहेको किराँत धर्मगुरु आत्मानन्दलिङ्देनको आश्रममा पुगेर आर्शिवाद थाप्दै आसन्न निर्वाचनको यात्रा शुरु गरेका एमालेका सुवाषचन्द्र नेम्वाङले नियमित गाउँ केन्द्रित कार्यक्रम बनाएका छन् ।
यस अघिको अभियान समेत गुरुको आर्शिवाद पाएको नेम्वाङ यस पटक इलामको निर्वाचन क्षेत्र नम्बर २ को चुनावी यात्रा त्यहाँबाटै शुर गरेका हुन् । उनि सगै गठबन्धनकै तर्फवाट प्रदेश सभाको टिकट पाएका माओवादी केन्द्रका धिरेन शर्मा रमणले पनि गुरुबाट आर्शिवाद थापेर अभियान शुरु गरेका छन् ।
संविधान सभा निर्वाचनमा एमाले अध्यक्ष केपी सर्मा ओली सहितका उच्च नेताहरु गुरुको आर्सिवाद माग्न पुगेका थिए । स्थानिय तह निर्वाचनको समयमा पनि काग्रेस नेता गगन थापा सहितका व्यक्तिले गुरुसंग भेट गरेका थिए । इलामको निर्वाचन क्षेत्र न २ को परिणाममा गुरुको आर्शिवादले पनि अर्थ राख्ने विश्वास गरिन्छ ।
आइतबार नेम्वाङले मांसेबुङमा चुनावी कार्यक्रम भयाए भने एमालेका तर्फबाट प्रतिनिधि सभा निर्वाचन क्षेत्र न १ का उम्मेदार बरिष्ठ नेता झलनाथ खनालले माइ नगरपालिकाको विभिन्न चुनावी सभामा समय विताएको एमालेका कार्यालय सचिव नवराज शंकरले जानकारी दिए ।
नेपाली काग्रेसका तर्फबाट निर्वाचन क्षेत्र न २ का उम्मेदार चुलाचुलीमा भेटघाटमा व्यस्त थिए भने निर्वाचन क्षेत्र न १ मा काग्रेसका उम्मेद्धार सुर्योदय नगरपालिकामा भेटघाटमा रहेका जिल्ला सचिव निरज खड्गीले जानकारी दिए ।
प्रदेश सभाका उम्मेद्धारहरु पनि गाउँमा पुगेका छन् । वाम गठबनधन र काग्रेसले मंगलबार पछि चुनावी कार्यक्रम तय गरेर अघि बढ्ने तयारी गरेका छन् ।
के छ लारुम्बामा
प्रतिवन्ध फुकुवापछि २०३६ सालमा शुरु भएको किराँतभाषा, साहित्य, कला, लिपीको उत्थानको अभियान अहिले स्वदेश सहित विदेश सम्म फैलिएको छ ।
किराँतधर्म तथा साहित्य उत्थान संघका सस्थापक अध्यक्ष भएर धर्मगुरु आत्मानन्दले चेतना फैलाउने कर्मको थालनी गरेकाथिए ।
उस वेला देशमा स्वतन्त्रताको आभाषहुनमात्रथालेको थियो । किराँतहरुको आफ्नै पहिचानका लागि कर्म थाल्न सजिलो पनि थिएन ।
तल रतुकाखोलाको दोभान देखि माङ्सेबुङको टुप्पपो सम्म फैलिएकातीनहजार भन्दा बढि किराँतमात्र हैन भाषा, साहित्य, कला, लिपीको प्रचारमा अमेरीका, वर्मा, भारत, मलेसीया सहितका देशमा रहेका नेपालीहरु पनि एक ढिक्का भएर सकृय हुनथाले ।
अहिले तीनबर्ष देखि चलेको विद्यालयमापनिदुई सय भन्दा बढि विद्यार्थी अध्यान गर्दछन् । केहि भाषा, लिपी, साहित्य र सस्कृती पढ्छन् । केहिले अन्य सरकारी विद्यालय जस्तै पढ्ने गरेका छन् । सो सस्था २०३६ सालमा स्थापनाभएको सस्था २०५१ सालमा स्थानीयप्रशासनले बन्दगरिदिएको थियो । त्यसपछिभने निरन्तर कामगरिरहेको छ ।
गत निर्वाचनमा केपीशर्मा ओली देखि सुवास चन्द्र नोवाङ हुँदै माओवादी नेताले गुरुलाई भेटेर आर्शिवाद थापेका थिए । यस अघि गिरिजाप्रसादकोइराला, शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्ददेखि तत्कालीन राजा ज्ञानेन्द्र शाहसम्मलारुम्वा पुगेको स्थानीयहरु सम्झन्छन् । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा प्रवेश गरेपछि तत्कालीनप्रधानमन्त्रीमाधवकुमार नेपालका साथै पहिलो राष्ट्रपति डा. रामवरण यादव र उपराष्ट्रपति परमानन्दझाले पनि लारुम्बापुगेर गुरुसागदर्शनभेट गरेका छन् । उनीहरुले लारुम्बा पुग्दा विकासका कुरा गरेपनि फर्केपछि विर्सेको स्थानीयको गुनासो छ ।