Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

 जनताकाे अधिकार दरबारमा बुझाउने  शक्तिबाट मुलुक समृद्ध हुँदैन्  खनाल

 जनताकाे अधिकार दरबारमा बुझाउने  शक्तिबाट मुलुक समृद्ध हुँदैन्  खनाल

  • सुजन तिमल्सिना नमिन ढकाल
  • आइतबार, कार्तिक १९ २०७४


 जनताकाे अधिकार दरबारमा बुझाउने  शक्तिबाट मुलुक समृद्ध हुँदैन्    खनाल

रोङ । नेकपा एमालेका बरिष्ठ नेता तथा इलाम क्षेत्र नं १ का बामगठबन्धनका उम्मेदवार झलनाथ खनालले जनताको मत दरबारमा बुझाउने प्रजातान्त्रिकहरुबाट मुलुक समुद्धि तर्फ जान नसक्ने बताए ।

रोङ गाँउपालिका–६ मा नेकपा एमालेको अगुवा कार्यकता भेला तथा वार्ड अधिवेशन बोल्दै खनालले बामपन्थीहरुको चाहना सुन्दर र समुद्धशाली नेपाल रहेको औल्याए । २००६ सालदेखीको बामपन्थीहरुको इतिहासलाई हेर्दा विगतमा पनि कोअर्डिनेटर कमिटी बनाएर ७ बामहरु एक ठाँउ भएर अघि बढको स्मरण गराउँदै खनालले पहिला बामहरुबिचमै बुझाबुझ नहुँदा टुक्रिएका बामशक्तिहरु एक ठाँउ हुनु मुलुक समृद्धिको आवश्यकता रहेको बताए । त्यसैगरी इलाम क्षेत्र नं १ का २ का बामगठबन्धनका उम्मेदवार काजीमान कागतेले मुलुकमा बामपन्थी सरकार नहुन्जेल विकासले फडर्को मार्न नसक्ने बताए ।

उनले बामपन्थीहरुले विकासका कामहरु गरेको देखेर डाहा गर्नेहरुले ढिकुटी सिध्यायो भन्नु बेतुकको तर्क रहेको बताए ।
कांग्रेस, राप्रपा लगायतलाई विकास चाहीएको हो भने बामपन्थी शक्तिहरुले गरेको काममा अबरोध नगर्न आग्रह गरे । कार्यक्रममा एमालेका तर्फबाट समानुपातिक उम्मेदवार ध्रुव श्रेष्ठ, सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गादेवी भट्टराई, जिफन्टका केन्द्रिय सचिव दिपक पौडेल, लगायतले मन्तव्य राखेका थिए ।
राजनीतिक स्थायित्वका लागि बाम गठबन्धनः पूर्वसभामुख नेम्वाङ

माङसेवुङ पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले मुलुकको राजनीतिक स्थायित्वका लागि बाम गठबन्धन गरिएको बताएका छन । इलामको चुलाचुली गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै पूर्वसभामुख नेम्वाङले भने ‘राजनीतिक स्थायित्वका लागि गठबन्धन हो, यो कुनै पार्टी विरूद्ध गरिएको हैन् ।’

अहिले मुलुकमा राजनीतिक स्थायित्व, आर्थिक समृद्धि र लोकतान्त्रिक विकास आवश्यक रहेको विचार व्यक्त गरे । मुलुकलाई लोकतान्त्रिक स्थायित्वतर्फ लैजानका लागि पनि निर्वाचन आवश्यक रहेको उनको भनाई छ ।
संविधानतः गठन भएका र विचार मिल्ने शक्तिबीच एकता हुनु कुनै अनौठो नभएको बताउँदै उहाँले निर्वाचनमा बहुमत ल्याएर गठबन्धनले स्थायी सरकार चलाउने बताए ।

इलाम निर्वाचन क्षेत्र नं. २ बाट मनोनयन दर्ता गरेर चुनावी सभामा उत्रिएका नेम्वाङले अबको पाँच वर्ष कम्युनिस्ट दलहरूले देशको नेतृत्व गर्ने बताए । बाम एकता कुनै निरंकुशता र अधिनायकवादका लागि होइन, । दलहरूको ध्रुवीकरणपछि देशले समृद्धिको बाटो समाउन नसकेको बताउँदै वाम प्रगतिशील देशभक्तहरूको गठबन्धनले दुई तिहाई बहुमत ल्याएर देशलाई आर्थिक समृद्धतर्फ उन्मुख गराउने विचार व्यक्त गरे ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार