Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निर्वाचनको मुखमा इलामका दूई ठुला बामपन्थि पार्टीको नेतृत्व परिवर्तन

निर्वाचनको मुखमा इलामका दूई ठुला बामपन्थि पार्टीको नेतृत्व परिवर्तन

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १८ २०७४


निर्वाचनको मुखमा इलामका दूई ठुला बामपन्थि पार्टीको नेतृत्व  परिवर्तन

 इलाम । निर्वाचनको मुखमा इलामका दुई बामपन्थि पार्टीको नेतृत्व परिवर्तन भएको छ । बाम गठबन्धनमा सहभागि रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जिल्ला नेतृत्व परिवर्तन भएका हो ।

गठबन्धनका  पार्टीको  नेतृत्व  प्रदेशसभामा निर्वाचनमा उमेद्धवार भएपछि पार्टीले  दास्रो तहका नेतालाई कार्याबाहाक अध्यक्षको जिम्मेवारी पाएका छन् । बाम गठबन्धनको ठुलो पार्टी नेकपा  एमालेका अध्यक्ष राम बहादूर राना इलामको क्षेत्र नम्बर २ एक बाट प्रदेशसभामा उमेद्धवार भएपछि पार्टी चलाउने जिम्मा उपाध्यक्ष भक्त केसिले पाएका छन् । मिजासिला, भद्र र नरम स्वभावका भक्त केसिलाई एमालले कार्यबाहाक अध्यक्ष बनाएर पार्टी हाक्ने जिम्मा दिएको हो ।

यसैगरि नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज धिरेन्द्र  सर्मा रमण पनि प्रदेशसभाको उमेद्धवार भएपछि सह इञ्चार्ज  कान्छा लावतीले कार्यबाहाकको जिम्मेवारी पाएका छन् । २०५८ सालबाट माओवादी पार्टीमा सक्रिय लावती यस अघि इलाम जिल्लाको सह इञ्चार्ज भएर काम गर्दै आएका थिए । माओवादीले शुरु गरेको जनयुद्धको दजर्नौ फौजी मोर्चामा सहभागि लावतीले २०५९ सालदेखि इलाम जिल्लाको विभिन्न जातीय मोर्चा र पार्टी संगठनमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार