Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा प्रतिनिधिसभामा १८ र प्रदेशमा २ स्वतन्त्र सहित ३४ को उमेद्धवारी

इलाममा प्रतिनिधिसभामा १८ र प्रदेशमा २ स्वतन्त्र सहित ३४ को उमेद्धवारी

  • सुजन तिमल्सिना ( तस्बिर सहित )
  • बिहिबार, कार्तिक १६ २०७४


इलाममा प्रतिनिधिसभामा १८ र प्रदेशमा २ स्वतन्त्र सहित ३४ को उमेद्धवारी

इलाम ।   इलाममा १० राजनितिक दलले प्रतिनिधी सभा र प्रदेश सभाको लागी मनोनयन दर्ता गराएका छन् । प्रतिनिधिसभातर्फ इलामको क्षेत्र नं १ मा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल सहित ८ जनाले उमेद्धारी मनोनयन गरेका छन् ।

यसैगरि प्रतिनिधिसभा तर्फ क्षेत्र नं २ मा पूर्व सभामुख  तथा नेकपा एमालेका नेता सुवास चन्द्र नेम्बाङ्ग सहित १० वटा राजनीतिक दलले आफ्नो उमेद्धवारी दर्ता गरेका छन् ।  प्रतिनिधिसभामा इलाममा बाम गठबन्धनका तर्फबाट नेकपा एमाले र माओवादी केन्द्र,  नेपाली कांग्रेस, नयाँ शक्ति पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय समाजवादी फोरम पार्टीले मनोनयन गर्दा गरेका छन् ।

यस्तै प्रदेशसभामा ४ वटा निर्वाचन क्षेत्र रहेको इलाममा २ स्वतन्त्र सहित ३४ जनाको उमेद्धवारी परेको छ । इलामको क्षेत्र नम्बर एकको  एकमा ७ जना २ मा ८ जना र क्षेत्र नम्बर २ को १ मा एक स्वतन्त्र सहित ८ जना र दुई को दूई मा १ स्वतन्त्र सहित ११ जना उमेद्धवारले प्रदेशसभाको निर्वाचनमा मनोनयन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।  दलहरुले आफ्ना कार्यकर्ताको दलबल सहित दोश्रो चरणको प्रतिनिधी तथा प्रदेशसभाको निर्वाचनमा मनोनय दर्ता गराएका थिए ।

नेकपा एमालेका तर्फबाट इलामको क्षेत्र नं १ मा पुर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाल, नेपाली कांग्रेसबाट पुर्व क्षेत्रिय सभापती भुपेन्द्र कटटेल, नयाँ शक्ति पार्टी नेपालका तर्फबाट मानविर लेप्चा, विवेकशिल साझा पार्टीबाट सचिन घलेले उम्मेदवारी दर्ता दिएका छन । यसै गरी राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट ललितबहादुर थेवे, मंगोल नेशनल अर्गनाइजेसनबाट सुर्यकुमार गुरुङ, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलप्रसाद नेम्वाङ र संघिय समाजवादी फोरम नेपालको तर्फबाट सुवास राई चौरासेले प्रतिनिधी सभाको लागी उम्मेदवारी दर्ता गराएका छन ।

 

यस्तै गरी प्रदेश सभा तर्फ क्षेत्र नं १ को १ मा नेकपा एमालेका खिनु लङ्वा लिम्बु, नेपाली काँग्रेसबाट देवेन्द्रकुमार राई, नयाँ शक्ति पार्टीका हरिबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेसनका अमुम्मदेव माक्रेहाङ, संघिय लोकतान्त्रि राष्ट्रिय मञ्चबाट थुमबहादुर गुरुङ, संघिय समाजवादी फोरमबाट लासाङ तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट भोजराज लामिछाने रहेका छन ।

क्षेत्र नं १ को २ मा बाम गठबन्धनबाट काजीमान कागते, नेपाली काँग्रेसबाट दुर्गाकुमार बराल, नयाँ शक्ति पार्टीबाट रामप्रसाद संजेल, मंगोल नेशनल अर्गनाइजेसनबाट राजन चाम्लिङ, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट होमबहादुर लिम्बु, संघिय समाजवादी फोरमबाट दृपादास राई, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट राजेन्द्रकुमार लामिछाने र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालबाट विष्णुबहादुर सुव्वाले उम्मेदवारी दिएका छन ।

इलाम क्षेत्र नं २ को प्रतिनिधीसभामा बाम गठबन्धनबाट पुर्वसभामुख सुवासचन्द्र नेम्वाङ, नेपाली काँग्रेसबाट केशव थापा, राष्ट्रिय जनमोर्चाबाट कुलबहादुर लिम्बु, संघिय समाजवादी फोरम नेपालबाट कृष्णबहादुर खत्री, राष्ट्रिय जनमुक्तिबाट खडगप्रसाद पालुङवा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट दलबहादुर राई रहेका छन ।

 

यसै गरी मङगोल नेशनल अर्गनाइजेसनबाट गलिन्द्र लिम्बु योङहाङ, देशभक्त जनगणतान्त्रिक मोर्चाबाट टंकमणी राई र नयाँ शक्तिबाट देपकुमार जवेगु, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिपककुमार योङहाङ रहेका छन । त्यसै गरी क्षेत्र नं २ को १ बाट बाम गठबन्धनबाट नेकपा एमालेका रामबहादुर मगर, नेपाली काँग्रेसको तर्फबाट डम्बरबहादुर खडका, राष्ट्रिय जनमुक्ति पार्टीबाट भक्तिदास राई, मंगोल नेशनल अर्गनाइजेसनबाट लक्षुमन राई, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बिका लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नसिव राई, संघिय समाजवादी फोरमबाट बखतबहादुर आङदाम्बे र स्वतन्त्र दिपेन्द्र बस्नेतले उम्मेदवारी दर्ता गराएका छन ।

यसै गरी प्रदेश सभाको २ को २ मा बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका धिरन्द्र शर्मा रमण, नेपाली कांग्रेसको तर्फबाट खगेन्द्र देवान, राष्ट्रिय जनमुक्ति पार्टीबाट जयकुमार केरुङ, मंगोल नेशनल अर्गनाइजेसनबाट भुवनसिंह लिम्बु, संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट थाङसाङ लावती र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लालबहादुर डागीले उम्मेदवारी दर्ता गराएका छन ।

यस्तै गरी संघिय समाजवादी फोरमबाट मणिबिक्रम लिम्बु, राष्ट्रिय जनता पार्टीबाट खडगबहादुर खालिङ, देशभक्त जनगणतान्त्रिक मार्चा नेपालबाट दिपकचन्द्र गौतम, ग्रिन पार्टी नेपालबाट रंगलाल तिम्सिना र स्वतन्त्र हर्कप्रसाद साबा रहेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार