Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नेपाल बैंकका कर्मचारी बोकेको माइक्रो गाेदकमा दुर्घटना, ११ जना घाइते

नेपाल बैंकका कर्मचारी बोकेको माइक्रो गाेदकमा दुर्घटना, ११ जना घाइते

  • सुजन तिमल्सिना
  • बुधबार, कार्तिक १५ २०७४


नेपाल बैंकका कर्मचारी बोकेको माइक्रो गाेदकमा दुर्घटना, ११ जना घाइते

इलाम । काठमाडौंबाट इलामतर्फ आउँदै गरेको माइक्रोबस गएराति दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।

नेपाल बैंकका कर्मचारीको भ्रमण टोली लिएर इलाम आउँदै गरेको बा४ख ६३५७ नम्बरको माइक्रोबस इलाम नगरपालिका– १० गोदकमा अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा पर्दा माइक्रोमा कुल १४ जना सवार थिए। दुर्घटनामा काठमाडौं महानगरपालिका– ७ का ५२ वर्षीय किशोर खनाल, तनहुँ भिमाद्– १ का ३८ वर्षीय नवराज लम्साल, काभ्रे बनेपा– ९ का ३९ वर्षी विष्णुमान जैला, कागेश्वरी मनोहरा– १० काठमाडौंका ३५ वर्षीय जुहारिका घोरासैनी, हेटौँडा उपमहानगरपालिका– ५ का ५१ वर्षीय विनोद कुमार पुडासैनी र स्याङ्जाका ३५ वर्षीय कमल पराजुली रहेका छन्।

यसैगरी काठमाडौंको चन्द्रागिरि नगरपालिका–१४ बस्ने ४१ वर्षीय अशोककुमार कार्की, कपन बस्ने ५३ वर्षीय मेहरमान गुरुङ, सिन्धुपाल्चोक बलेफी– ७ का ५१ वर्षीय फलकप्रसाद पराजुली, काभ्रेपलान्चोक पनौति नपा–११ बस्ने वर्ष ४५ का विनोद गिरी, काठमाडौं महानगरपालिका– १५ बस्ने वर्ष ३३ का प्रभाष सिंह, ललितपुर–२३ का ५१ वर्षीय रिदीकुमार जोशी, काठमाडौं बुढानीलकण्ठ नगरपालिका– १ बस्ने वर्ष ४१ का वासुदेब भण्डारी र काठमाडौंकै तारकेश्वर नगरपालिका –१० बस्ने ४८ वर्षीय ऋषिराम खत्री छन्।

अधिकांश घाइतेको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइतेहरुको झापाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक विपिन कर्मचार्यले जानकारी दिए। सवारी चालक जितबहादुर राई र अन्य दुईजना सकुशल छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार