Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१० वर्षपछि पुःन ओलीसँग विश्वदिप भिड्दै

१० वर्षपछि पुःन ओलीसँग विश्वदिप भिड्दै

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १५ २०७४


१० वर्षपछि पुःन ओलीसँग विश्वदिप भिड्दै

दमक । दशवर्ष अघि पहिलो संविधानसभा चुनावमा केपी ओलीलाई झापाबाट हराउने विश्वदीप लिङदेन यसपालि फेरि ओलीसँगै चुनाबी मैदानमा उत्रिएका छन् ।
लिङदेन ०६४ सालको संविधानसभा चुनावमा माओवादीका तर्फबाट केपी ओलीसँग चुनाव लडेका थिए । अहिले उनले माओवादी छाडिसकेका छन् । अब उनी उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमका तर्फबाट झापा क्षेत्र नम्बर ५ मा ओली विरुद्ध चुनाव लड्न लागेका हुन् ।

संघीय समाजवादी फोरमले मंगलबार सार्वजनिक गरेको उम्मेदवारहरुको सूचीमा लिङदेनको पनि नाम छ । उनी झापा क्षेत्र नम्बर ५ को उम्मेदवार बनेका छन्, जहाँ केपी ओली एमाले र माओवादीको साझा उम्मेदवार छन् ।
पहिलो संविधानसभा चुनावमा साविकको क्षेत्र नम्बर ७ मा लिङदेनले १६ हजार ९९ मत पाएका थिए । दोस्रो बनेका केपी ओलीले १४ हजार ९५९ मत ल्याएका थिए । कांग्रेसले त्यसबेला ११ हजार मत ल्याएको थियो भने राप्रपाले ३ हजार ४ सय ७८ मत पाएको थियो ।
माओवादीबाट केपी ओलीलाई हराएर चुनाव जितेका लिङदेनले यो १० वर्षको अवधिमा आफ्नो राजनीतिक करिअर टिकाउन सकेनन् । माओवादी पार्टीले उनलाई आर्थिक अनुशासन उल्लंघन गरेको आरोपमा कारवाहीमा परे ।
माओवादीबाट कारवाहीमा परेपछि उनी केही समय वैद्य समूहमा लागे भने अहिले संघीय समाजवादीमा प्रवेश गरी केन्द्रीय सदस्य बनेका छन् ।
लिङदेनले सभासद भएकै बेला उनले अनुचित आर्जनबाट दमकमा घर खरिद गरेको आरोप लाग्यो ।
सभासद भएकै बेला उनी विमानस्थलमा छोरीलाई रिभल्भर पेस्तोल बोकाएको आरोपमा विवादमा समेत तानिएका थिए । संघीय समाजवादी फोरममा भने उनी प्रभावशाली नेताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार