Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बन्यो वाम गठबन्धनको निर्वाचन परिचालन समिति 

इलाममा बन्यो वाम गठबन्धनको निर्वाचन परिचालन समिति 

  • सुजन तिमल्सिना
  • मंगलबार, कार्तिक १४ २०७४


इलाममा बन्यो वाम गठबन्धनको निर्वाचन परिचालन समिति 

इलाम । इलाम जिल्लामा ने.क.पा. (एमाले) र नेकपा (माओवादी केन्द्र) सम्मिलित संयुक्त बाम गठबन्धनको  निर्वाचन परिचालन कमिटी निर्माण भएको  छ । जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रस्तरीय संयुक्त निर्वाचन समितिहरु निर्माण भएको हो ।  निर्वाचनमा संगठनको परिचालनका लागि दुवै पार्टीको नेता सहभाग ११ सदस्य जिल्लास्तरीय निर्वाचन परिचालन समिति  गठन भएको छ ।

एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामबहादुर राना, उपाध्यक्ष भक्त के.शी, सचिव महेश बस्नेत,  नवराज शंकर, गणेशप्रसाद बराल र  चित्रकला बराईली रहेका छन् । यसैगरि माओवादी केन्द्रको तर्फबाट जिल्ला कार्यबाहाक इञ्चार्ज कान्छा लावती, पार्टी संयोजक  सिन्धु राई, . छबिराज राई (राज),  तेजबहादुर राई (विजय) र . अनिल बराईली रहेका छन् ।  दुवै पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय परिचालन समिति  गठन गरेका छन्  । प्रतिनिधि सभाको क्षेत्र नं. १ मा ११ सदस्यीय संयुक्त निर्वाचन परिचालन समिति गठन भएको छ । समितिमा एमालेको तर्फबाट टेकबहादुर राई, आरबी राई, शोभा पराजुली, जेबी फिलिहाङ्ग,  जितबहादुर राई र  दुर्गादेवी भट्टराई रहेका छन् ।  यस्तै माओवादी केन्द्रको तर्फबाट  छबिराज राई (राज), तेजबहादुर राई (विजय), प्रविण तिम्सिना, विवेक राई, र  पवन किराँती रहेका छन् ।

यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रीय परिचालन समिति क्षेत्र नं. १ को  (क) मा २१ सदस्यीय गठन गरिएको छ । समितिमा एमालेको तर्फबाट  उदय राई,  यामबहादुर राई, याम अधिकारी,  शिखरनाथ सापकोटा,  छिरिङ्ग मोक्तान, सावित्रा सिवा, रोम लुङ्गेली, कमल गदाल, कृष्ण पाठक,  गोपाल रिजाल र  सोनाम लामा रहेको बताइएको छ । समितिमा माओवादी केन्द्रका तर्फबाट  विवेक राई,  प्रेम राई,  गञ्जु प्रधान, भीष्म खतिवडा,  संगीता थामी,. देवी शिवाकोटी,  रिजन राई, झलेन्द्र पौडेल, जीवन राई र चन्द्रकुमार राई रहेका छन् ।

यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्रीय परिचालन समिति क्षेत्र नं. १ को २(ख) मा पनि २१ सदस्यीय समिति गठन गरिएको छ । जसमा एमालेको तर्फबाट चित्रकला बराईली,  बिष्णुमायाँ आचार्य,  रत्न अधिकारी,  मदन प्रधान,  पवित्रा अधिकारी,  चन्द्रकुमार लाप्चा,  काजीमान कागते,  दिपक थेवे,  बृहस्पति खतिवडा,  मेघनाथ गिरी,  हेमराज आचार्य रहेका छन् । समितिमा माओवादी केन्द्रको तर्फबाट  पवन किराँती,  घनश्याम पौडेल,  अग्नी तामाङ्ग, छिरिङ्ग तामाङ्ग, करुण शर्मा,  निशान कट्टेल,  धनकुमार लिम्बु, साजन तामाङ्ग,  अंकुर गड्तौला र देवकुमार राई रहेका छन् ।  यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रीय परिचालन समिति क्षेत्र नं. २ मा  ११ सदस्यीय गठन भएको छ ।

एमालेको तर्फबाट  महेश बस्नेत,  दिपेन्द्र खनाल,  ओमनारायण खनाल,  देवेन्द्र विश्वकर्मा,  सूर्य पोख्रेल  हेमन्त राई रहेका छन् भने माओवादी केन्द्रको तर्फबाट  राम राई,  सोनाम राई,  प्रवास शर्मा, गोविन्द न्यौपाने र  सन्तोष गोदार रहेका छन् । यस्तै प्रदेशसभा निर्वाचन क्षेत्रीय परिचालन समिति क्षेत्र नं. २ को १ (क) मा २१ सदस्यीय समिति निर्माण भएको छ । एमालेको तर्फबाट  नवराज शंकर,  प्रकाश अधिकारी,  शुसिला नेम्बाङ्ग,  रविन्द्र सुवेदी,  तिलबिक्रम लिम्बु,  दुर्गादेवी आचार्य,  तिलक ठकुरी,  नारद लम्साल,  पर्शु भण्डारी,  जसबहादुर राई, ठाुकर कट्टेल रहेका  छन् भने माओवादी केन्द्रको तर्फबाट  अशोक प्रधान,  पदम पोख्रेल,  गंगा भट्टराई,  निमतेञ्जी शेर्पा,  हेम राई,  दिपक गौतम,  धनबहादुर राई,  श्याम राई,  निशान मगर र  गीताराम रसाईली रहेका  छन् ।

यसैगरि प्रदेशसभा निर्वाचन क्षेत्रीय परिचालन समिति क्षेत्र नं. २ को २ (ख) मा  २१ सदस्यीय समिति निर्माण गरिएको छ । एमालेको तर्फबाट  प्रेम लिम्बु,नारायण लावती,  रीप्पल राई,  छत्र बराईली,  मुखराज आङ्देम्बे, हेमन्त राई, मित्र खड्का, टंक खनाल,  भिम भट्टराई,  भक्त थापा  शान्ता आङ्देम्बी रहेका छन् भने माओवादी केन्द्रको तर्फबाट  जनम राई,  दिपक सिन्चुरी,  तुला लावती,  धनमायाँ पोख्रेल,  लक्ष्मण घतानी,  पृथ्वीराज जवेगु, राजकुमार राई, नरबहादुर लिम्बु,  राजकुमार राई  र प्रकाश राई  रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार