Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अर्थोडक्स चियाको बजार विस्तार गर्न इलाममा टि टेस्टिङ्ग कार्यक्रम

अर्थोडक्स चियाको बजार विस्तार गर्न इलाममा टि टेस्टिङ्ग कार्यक्रम

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक १४ २०७४


अर्थोडक्स चियाको बजार विस्तार गर्न इलाममा टि टेस्टिङ्ग कार्यक्रम

  इलाम ।  नेपाली अर्थोडक्स चियाको बजार विस्तारका लागि इलामको कन्याममा एक दिने ‘टि टेस्टिङ्ग’ कार्यक्रम आयोजना गरिएको छ । चियाको राष्ट्रिय र अन्तराष्ट्रिय बजार विस्तार गर्नका लागि नेपाल र भारतका चिया व्यवासायीको सहभागितामा ‘टि टेस्टिङ्ग’ कार्यक्रम आयोजना गरिएको हो ।

चिया तथा कफि विकास बोर्डको आयोजनामा नेपाल र भारतका व्यवासयीबिच समन्वय बढाउन आयोजना गरिएको ‘टि टेस्टिङ्ग’ कार्यक्रममा नेपाल र भारतका तीन बढी चिया उद्यमी र व्यवसायीको सहभागिता रहेको थियो । नेपालमा चिया खरिद बिक्रि गर्ने अक्सन मार्केट नभएकाले गर्दा ‘टि टेस्टिङ्ग’ कार्यक्रमले नेपालमा उत्पादन हुने चियाको अन्तराष्ट्रिय बजार निर्यात गर्न सहयोग पुग्ने चिया तथा कफि विकास बोर्डका कृषि अधिकृत नविन कोइरालाले बताउनुभयो ।

सूर्योदय नगरपालिकाका मेयर रण बहादूर राईको प्रमुख आथित्यतामा भएको ‘टि टेस्टिङ्ग’ उद्घाटन कार्यक्रममा उप मेयर दुर्गादेवि भट्टरार्इ चिया तथा कफि विकास बोर्डका सदस्य भोजराज प्रधान, चिया तथा कफि विकास बोर्ड क्षेत्रीय कार्यालय बिर्तामोडका कृषि अधिकृत इन्द्र अधिकारी, चिया विस्तार आयोजना फिक्कल इलामका प्रमुख सुमन त्रिखत्रि लगायतले चिया क्षेत्रको विकासका लागि हरेक वर्ष ‘टि टेस्टिङ्ग’ जस्ता बजारीकरण हुने खालका कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार