इलाम । स्थानीय तहको निर्वाचन पछि घरेलु तथा साना उद्योग विकास समितिको नाम उद्योग विकास शाखा भएको छ । युवा वर्गलाई सीपमुलक तालिम प्रदान गरि गाउँमै रोजगारी सिर्जना गर्ने काममा उद्योग विकास शाखा सक्रिय रहेको छ । उद्योग दर्ता, उद्योगमा उत्पादित सामग्रीको बजारीकरणका लागि औद्योगिक प्रदर्शनी, उद्यमीलाई आईपर्ने प्राविधि समस्या हल गर्न उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रम मार्फत मेसिन औजार प्रदान समेत उद्योग विकास शाखाले गर्दै आएको छ । यीनै बिषयहरुमा केन्द्रि रहेर इलाम नगर कार्यपालिका उद्योग विकास शाखा इलामका प्रमुख उद्योग अधिकृत नविनकुमार पौडेलसँग पत्रकार सुजन तिमसिना र नमिन ढकालले गरेको संक्षिप्त कुराकानी
उद्योग विकास शाखाका कार्यक्रमहरु कसरी संचालन गर्दैछ ?
यस बर्ष हामीले फरक ढंगले कार्यक्रम संचालन गर्न लागिरहेका छौ । नियमावली प्राप्त भइ सकेको छैन । विशेष गरेर हामीलाई कार्यक्रम संचालन गर्दा स्थानिय तहसंग समन्वय गरेर संचालन गर्ने भन्ने निर्देशन प्राप्त भएको हुनाले त्यसैलाई आधार मानेर प्रत्येक स्थानिय तहमा पुगेर त्यहाँको मागलाई ध्यानमा राखेर कार्यक्रम अगाडी बढाउछै ।
स्थानीय तहको निर्वाचन सम्पनन भएको छ, अब कस्ता कस्ता कार्यक्रमहरु प्राथमिकता पाउँछन ?
पुराना कार्यक्रमहरुलाई पनि त्यतीकै छाडन मिल्दैन । विगतमा दिएका तालिम कार्यक्रमहरुबाट भरखरै स्थापना भएका उद्योगलाई स्तरवृद्धि आवश्यक पर्छ त्यस्ता मानिसहरु जस्ले तालिम लिनु भएको छ । स्तरवृद्धि गर्छौ र स्थानिय तहहरुमा गएर उद्यमशिलता विकास तालिम दिइसकेपछि माग र आवश्यकता थाहा हून्छ त्यसपछि कार्यक्रम अघि बढाउछौ ।
चालु आर्थिक बर्षको ३÷४ महिना वितिसकेको अवस्थामा स्थानिय स्थानिय तहहरुबाट कस्ता कार्यक्रमहरु माग भइरहेका छन ?
हामीले स्थानिय तहहरुमा परिषद भएको बेला यति जनालाई सिप विकास तालिम दिने भनेर कार्यक्रमहरु पठाइसकेका छौ । त्यसैलाई आधार मानेर फेरी पनि के के कार्यक्रमहरु गर्ने भन्ने छलफलमा छौ । तर पनि उहाँहरुलाई कार्यक्रमको बिषयमा अभिमुखीकरण गराएर अनि मात्र कार्यक्रमहरु दिने भएकाले विशेष गरेर स्थानिय स्तरमा उत्पादन हुने सामाग्रीको प्रर्वद्धनमा जोड दिनेछौ ।
चालु आर्थिक बर्षमा नयाँ कार्यक्रमहरु के के छन ?
नयाँ कार्यक्रम भन्नाले पृथक किसिमको त्यस्तो कार्यक्रम त प्राप्त भएको छैन । तर पनि हाम्रो सोच चाही बढी भन्दा बढी युवा सहभागीता गराई रोजगार सृजना हुने खालको र व्यवसायमा उत्प्रेरित हुने किसिमको तालिम कार्यक्रम अघि बढाउछौ । त्यसमा पनि पनि वर्तमान समयको माग र आवश्यकतालाई बुझेर कार्यक्रम अघि बढाउछौ । अहिले मोवाइलको माग बढी रहेको छ । र इलाममा डेरी उद्योग दैनिक रुपमा दर्ता हुने प्रचलन एकदमै बढेकाले र गुणस्तरयुक्त सामाग्री उत्पादन तालिम आवश्यक परेको छ भन्ने माग छ । नयाँ प्रविधीको पनि आवश्यकता परेकोले त्यसैमा केन्द्रित भइ कार्यक्रम अघि बढाउदै छौ ।
उद्योग विकास शाखाले युवाहरुलाई तालिम दिन्छ । उद्योग दर्ताको अवस्था कस्तो छ ?
तालिम लिएका मध्ये विशेष गरेर ९० प्रतिशतको हाराहारीमा देखिन्छ । विशेष गरेर लद्यु उद्यम दर्ता गर्नेलाई निःशुल्क उद्योग दर्ताको प्रावधानले दर्ता प्रक्रिया बढेको छ । केही चाही दर्ता नगरी पनि अरुकोमा काम गछौ भनि काम गर्ने गरेका छन ।
उद्योगको स्तउन्नतीका लागि इलाममा कस्तो कार्यक्रम छ ?
दर्ता एकदमै बढेको छ । विशेष गरेर कृषिजन्य उद्योग दर्ता बढीरहेको छ । त्यसमा पनि पशुपालन, ब्रोइलर पालन, व्यवसायिक तरकारी खेती, चिया उद्योग र खाध्य उद्योगमा बढेको देखिन्छ ।
दर्ता भएका उद्योग प्रर्वद्धनमा के कस्ता सहयोग पाउँछन् उद्यमीले ?
उद्योग स्थापनापछि संचालना समस्या भएको उद्योग पुनः स्थापनाका लागी उपयुक्त प्रविधी अन्र्तगत १ लाखसम्मको मेसिन औजार विगतमा पनि थियो र यस बर्ष पनि छ । चाडै नै सुचना निकालेर धेरैलाई समेटने योजना छ । त्यस अलावा १०÷१५ हजार आवश्यक पर्नेहरुलाई समेत अनुदान सहयोग गर्दछौ ।
इलाममा कृषि, पर्यटनमा संभावना धेरै छ, कार्यक्रमहरुले प्राथमिकता कसरी पाएका छन् ?
हामीले विशेष गरेर महिला लक्षित कार्यक्रमहरु गर्छौ । सामान्य ढंगबाट सिलाई कटाइ, व्युटिपार्लरको माग छ । तर हामीले पर्यटकिय जिल्ला भएकाले पर्यटन उद्योगको संभावना होमस्टे, होटल, टुरिष्ट गाइड उद्योग स्थापनाका लागी जोड दिएका छौ । नयाँ गन्तव्य खोजी भइरहेको छ । नयाँ ठाँउहरुमा नयाँ उद्योगको संभावना देखिन्छ । चियाकै कुरामा इलाममा विभिन्न प्रकारका चिया उत्पादन हुन्छ । तिनीहरुलाई ग्रेडिङ गरेर विक्री गर्ने हो भने विदेशमा समेत संभावना छ । पर्यटक बढी आउने स्थानमा क्याटरिङ सर्भिसको आवश्यकता देखिन्छ । क्याटरिङ सर्भिस नहुँदा बाहिरबाट घुम्न आउनेले धेरै सामाग्री लिएरै आउँछन । यहाँ आउने पैसा गुम्दै जान्छ । यहाँकाहरुले केही फाइदा लिन सकेका छैनन् । यहि नै सेवा दिन सकिने क्याटरिङ तालिम पनि दिनुपर्छ की भन्ने लागेको छ । जस्तै कृषिजन्य उद्योगमा व्यवसायिक रुपमा अघि बढन कृषि विकास तथा स्थानिय तहहरुसंग समन्वय गरेर अघि बढाउनेछौ ।
इलाममा औद्योगिक ग्रामको कुरा उठेको छ,अध्ययन अनुसन्धान के हुँदैछ ?
औद्योगिक ग्रामको प्रारम्भिक चरणको अध्यययन सम्पन्न भएको छ । निर्वाचन क्षेत्र स्तरिय औद्योगिक ग्राम बनाउने भनेर रिर्पोट विभागमा पठाइएको छ । विभागले औद्योगिक ग्रामको लागी यो बर्ष बजेट पठाएको छैन त्यसलाई अगाडी बढाउने कुरा भएको छैन । तर निश्चित एरिया तोकेर अघि बढाउने भनेर प्रक्रिया अघि बढेको छ । जस्तै धनकुटामा झन्डै ५ करोडको लागतमा प्रक्रिया अघि बढेको छ । क्षेत्र क्षेत्रको हिसाबले यहाँ अघि बढछ ।
इलामको मौलिकता झल्कने हिसाबले एकिकृत रुपमा स्थानिय उत्पादन प्रचारपसारका योजना छन की छैनन् ?
हामीसंग योजना त छन । स्थानिय स्तरमा रहेका पसलहरुलाई नमुना पसलको रुपमा अघि बढाउने भनेर सल्लाह सुझाव दिएका छौ । कोसेली घरहरु स्थापना गर्न माग आएमा त्यसको प्रक्रिया अघि बढाउछौ । सकेसम्म बाहिरबाट आउने पर्यटकहरुलाई इलामको उत्पादन एकै ठाँउमा पाइयोस भनेर २÷३ ठाँउमा नमुना पसलको प्रक्रिया अघि बढाइएको छ । यहाँको उत्पादन मात्र पाइने पसलहरु स्थापनाको प्रयास गरिएको छ । चाडै त्यो हुन्छ ।
उद्योग विकास शाखाको प्रमुखको हिसाबले इलामका युवा तथा उद्योगीलाई के भन्नुहुन्छ ?
विशेष गरेर जबसम्म उद्योग विकास हुँदैन मुलुक समृद्ध भएको मानिन्दैन । धेरैभन्दा धेरै युवाहरु बैदेशिक रोजगारमा आर्कषित भइ दुःख समेत पाएका छन । तर गर्न सके यहि गर्न सकिन्छ । केही गर्न चाहने युवाहरुलाई उद्योग विकास शाखामा विभिन्न उद्यम दिन्छौ । त्यसपछि उद्योग स्थापनाका लागी सहयोग गर्छौ । आफुले सिकेको सिपलाई प्रयोग गरेर आफु पनि स्वरोजगार बन्नुस अरुलाई पनि रोजगार दिनुस ।