Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा २ लाख ४ हजार ४६ मतदाता (कुन क्षेत्रमा कति ? )

इलाममा २ लाख ४ हजार ४६ मतदाता (कुन क्षेत्रमा कति ? )

  • नमीन ढकाल
  • सोमबार, कार्तिक १३ २०७४


इलाममा २ लाख ४ हजार ४६ मतदाता (कुन क्षेत्रमा कति ? )

इलामः आगामी २१ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका छन् । ती मध्ये ९९ हजार तीन सय ५० महिला, एक लाख चार हजार छ सय ९४ पुरुष र दुई जना तेश्रो लिङ्गी रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । यो संख्या स्थानीय तहको निर्वाचनको भन्दा १४ हजार सात सय ७२ बढी हो । स्थानीय तहको निर्वाचनमा ९ फागुन २०७३ सम्म १८ वर्ष पूरा भएका ९२ हजार छ सय एक महिला, ९६ हजार छ सय ७१ पुरुष र दुई तेश्रो लिङ्गी गरी एक लाख ८९ हजार दुई सय ७४ मतादाता थिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गत ५ भदौसम्म १८ वर्ष पूरा भएका १४ हजार सात सय ७२ मतदाता थप भएको सूचना अधिकारी कृष्णबहादुर लिम्बूले  जानकारी दिए ।

कहाँ कति मतदाता थपिए ?
४ नगरपालिका र ६ गाउँपालिका सहित १० स्थानीय तह रहेको इलाममा सबैभन्दा बढी इलाम नगरपालिकामा दुई हजार आठ सय ४९ र कम माईजोगमाई गाउँपालिकामा छ सय १२ जना मतदाता थप भएका छन् ।
लिम्बूका अनुसार सुर्योदय नगरपालिकामा दुई हजार चार सय ७०, देउमाई नगरपालिकामा दुई हजार सात, माई नगपालिकामा एक हजार चार सय ९५, चुलाचुली गाउँपालिकामा एक हजार आठ सय ४६, माङसेबुङ गाउँपालिकामा आठ सय ६३, फाकफोथुम गाउँपालिकामा एक हजार ७०, रोङ गाउँपालिकामा सात सय ४१ र सन्दकपुर गाउँपालिकामा आठ सय १९ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावली अध्यावधिकका क्रममा मतदाता थपिएको जनाईएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलाममा दुईवटा निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रदेशसभा सदस्यका लागि चार वटा क्षेत्र छन् । विगतका प्रतिनिधिसभा तथा संविधानसभाका लागि तीन वटा निर्वाचन क्षेत्र थियो ।

कुन निर्वाचन क्षेत्रमा कति मतदाता ?
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर १ मा ४८ हजार चार सय ७८ महिला र ५२ हजार पाँच सय ८३ पुरुष गरी एक लाख एक हजार ६१ मतदाता छन् । क्षेत्र नम्बर २ मा ५० हजार आठ सय ७२ महिला, ५२ हजार एक सय ११ पुरुष र दुई तेश्रो लिङ्गी गरी एक लाख दुई हजार नौ सय ८५ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र नम्बर १ (१) मा २४ हजार छ सय ३९ महिला र २६ हजार आठ सय १६ पुरुष गरि ५१ हजार चार सय ५५ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर १ (२) मा २३ हजार आठ सय ३९ महिला र २५ हजार सात सय ६७ पुरुष गरि ४९ हजार छ सय छ मतदाता रहेका छन् ।
त्यस्तै प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ (१) मा २६ हजार छ सय ५५ महिला र २७ हजार ६० पुरुष गरी ५३ हजार सात सय १५ मतदाता छन् । निर्वाचन क्षेत्र नम्बर २ (२) मा २४ हजार दुई सय १७ महिला, २५ हजार ५१ पुरुष र दुई तेश्रो लिङ्गी गरी ४९ हजार दुई सय ७० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार