Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

विर्तामोड गोलीकाण्डका घाइते माइ नगरपालिकाका मणीलाई थप उपचारको लागी काठमाण्डौ लगियो

विर्तामोड गोलीकाण्डका घाइते माइ नगरपालिकाका मणीलाई थप उपचारको लागी काठमाण्डौ लगियो

  • लोकल सन्देश
  • आइतबार, कार्तिक १२ २०७४


विर्तामोड गोलीकाण्डका घाइते माइ नगरपालिकाका मणीलाई थप उपचारको लागी काठमाण्डौ लगियो

 

, झापा । बिर्तामोडमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपका क्रममा गोली चल्दा गम्भीर घाइते भएका इलामको माई नगरपालिकाका ४० वर्षीय मणिकुमार नेपालीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ  । शनिबारै हेलिकप्टरमार्फत उनलाई काठमाडौं ल्याइ वीर अस्पतालमा उपचार थालिएको झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

अन्य घाइते ५ जनाको स्थानीय विएण्डसी हस्पिटलमा उपचार भइरहेको छ । हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीका अनुसार ५ जना मध्ये ३ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ । सघन उपचार कक्षमा उपचाररत् रहेकाहरुमा कनकाई नगरपालिकाकी शुशिला घतानी, मेची नगरपालिकाका अशोक बस्नेत र राजगढका सुनिल पाठक छन् । घतानी र बस्नेतको हात र पाठकको हिप र पिठ्यूँमा गोली लागेको थियो । घटना प्रहरीको गोली लाग्दा एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार