Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले ४० करोड अमेरिकी डलर पाउने

बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले ४० करोड अमेरिकी डलर पाउने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १० २०७४


बढ्यो विश्वकपको पुरस्कार राशी, विजेताले ४० करोड अमेरिकी डलर पाउने

इलाम । फुटबलको अन्तर्राष्ट्रिय महासंघ ९फिफा०ले सन् २०१८ का लागि विश्वकपको पुरस्कार राशीमा सन् २०१४ को तुलनामा १२ प्रतिशतले वृद्धि गरी चालीस करोड अमेरिकी डलर बनाउने भएको छ।

भारतको कलकत्तामा शुक्रबार बसेको फिफाको काउन्सिल बैठकले पुरस्कार राशी बढाइएको घोषणा गरेको छ।

ब्राजिलमा भएको विश्वकपमा तीन करोड ५८ लाख अमेरिकी डलरको पुरस्कार तय गरेको थियो भने विश्वकप विजेता जर्मनीले तीन करोड ५० लाख पाएको थियो। त्यसैगरी उप–विजेता अर्जेन्टिनाको फुटबल समूहले दुई करोड २५ लाख पाएको थियो।

विश्वकप फुटबलको ‘ग्रुप स्टेज’मा पुग्नै नसक्ने सहभागी समूहले पनि समेत ८० लाख पाएका थिए।
विश्वकप फुटबलको सञ्चालन समूह फिफा काउन्सिलको कलकत्तामा भएको बैठकले सन् २०२६ मा हुने विश्वकपका लागि आवश्यक पर्ने बोलपत्र सम्बन्धि कानूनलाई शुक्रबार अनुमोदन गरेको छ। बैठकले बोलपत्र मुल्याङ्कन कार्यसमितिका सदस्यहरूको पनि नियुक्ति गरेको छ।

त्यसैगरी परिषद्ले फिफाका आगामी बर्ष संयुक्त अरब इमिरेट्समा हुने क्लब विश्वकप, सन् २०१९ मा फ्रान्समा हुने महिलातर्फको विश्वकप लगायतको केही प्रतियोगिताहरूको मितिसमेत तोकेको छ।
सन् २०१८ को क्लब विश्वकप डिसेम्बर १२ देखि २२ सम्म हुनेछ भने महिलातर्फको विश्वकप सन् २०१९ को जुन ७ मा सुरु भएर जुलाई ७ मा सकिने छ।

थाहा खबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार