Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

बिर्तामोडमा गोली चल्यो, दुईको मृत्यु दर्जनौं घाइते

बिर्तामोडमा गोली चल्यो, दुईको मृत्यु दर्जनौं घाइते

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक १० २०७४


बिर्तामोडमा गोली चल्यो, दुईको मृत्यु दर्जनौं घाइते

 

बिर्तामोड । बिर्तामोडमा अप्रयासितरुपमा आज बिहानदेखि उत्पन्न भएको तनाबका कारण प्रहरी र प्रदर्शनकारीहरुबीच भिडन्त हुँदा कम्तीमा दुई जनाको ज्यान गएको अपुष्ट जानकारी प्राप्त भएको छ ।

वरिपरी प्रहरीले घेरेर भुँईंमा रगतपच्छे भएर लडेका मानिसहरुको मृत्यु भएको भनी समाचार प्राप्त भएको छ । तर ती मृतकहरु को हुन् भन्ने प्रष्ट हुन सकेको छैन । प्राप्त जानकारी अनुसार प्रहरीको गोली लागि मृत्यु हुनेमा अर्जुनधारा १ का नरेश थापा र बिर्तामोडका देवकुमार चौधरी रहेको जनाईएको छ ।

चौधरीकी आमा शर्मिलाले देवकुमारको पहिचान गरेको जनाइएको छ । यद्यपी तस्वीर हेरेर पहिचान गरिएका कारण नाम फरक पर्नसक्ने बताइएको छ । अन्य दर्जनभन्दा बढी घाईते भएका छन । बी एण्ड सी अस्पतालमा उपचारार्थ भर्ना गरिएका ४ जनाको उपचार भइरहेको र त्यहाँ कुनै प्रदर्शनकारीको अहिलेसम्म मृत्यु नभएको जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताएका छन् । स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि कफ्र्यू घोषणा गरेपनि बजारमा भेला भएका र विभिन्न ठाउँमा पुग्ने हतारोमा रहेका यात्रुहरुले समय नपाएका कारण मृत्यु भएकाहरु पैदल यात्रुहरु पनि हुनसक्ने अनुमान गरिएको छ । यसैबीच प्रदर्शनकारीहरुले बिर्तामोडस्थित सडक विभागको यान्त्रिक कार्यालयमा आगजनी गरेका छन् ।

यस्तै बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुबकुमार सिवाकोटीको घरभित्र पसेर दुईवटा गाडी र एउटा मोटरसाइकल तोडफोड गरेको पत्रकार तीर्थ सिग्देलले जनाएका छन् । उनका अनुसार आन्दोलनकारीले नगरप्रमुख शिवाकोटीको घरमा पसी बा १० च ३०६१ नम्बरको नीजि गाडी र बिर्तामोड नगरपालिकाको मे १ झ। १२१ नम्बरको गाडी र उहाँको छोराको मे ७ प ३००० नम्बरको बुलेट बाइक जलाएका छन् । साथै घरको झ्यालका शिशा फुटाइएको छ । उता शसस्त्रका एसपी रमेश सुवेदी टाउकोमा प्रदर्शनकारीले चलाएको ढुङ्गाले लागेर घाईते भएका छन । प्रहरीको प्रतिकारमा दर्जनौ प्रदर्शनकारी घाईते भएका छन । अहिले प्रहरीले अश्रु ग्यास र हवाई फायर गरिरहेका छन् । लक्ष्मण सिवाकोटी हत्या प्रकरणमा प्रहरीले वास्तविक दोसी पत्ता लगाउनुको साटो जाहेरी नै नलिएपछि उत्पन्न विवादका कारण यस्तो घटना भएको हो ।  (साझा मञ्चबाट)

प्रतिक्रिया
सम्बन्धित समाचार