साङरुम्बा । इलाम नगरपालिका–१२ साङरुम्बामा १ दिवसीय महिला विरुद्ध हिंसा तथा निर्वाचनमा सहभागीता बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ । सुनगाभा विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा साङरुम्बामा ५० बढी महिला तथा पुरुषहरुको सहभागीता रहेको थियो ।
सुनगाभाका सचिव कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष लाखमान लिम्बु रहेका थिए । कार्यक्रमा वडा सदस्य भानुभक्त घिमिरे, दतिल महिला सदस्य कुमारी ल्वागुन, शुशिला लिम्बु, उर्मिला रसाइली, कुसुम घिमिरे, छविमाया लिम्बु, विश्वरानी एक्तेन, मिना राई, नबलकुमारी बुढाथोकी, गिता तामाङ लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमका सहभागीहरुले संविधानले प्रदान गरेको महिलाको हक पुर्ण कार्यान्वयनका लागी सवै पक्ष सकारात्मक हुनुपर्नेमा जोड दिए ।