इलाम । पाँचथरको तुम्बेवा गाउँपालिका–१ की फूलकुमारी माङलाकलाई बोक्सी लागेको भनी एक धामिनीले उनको संवेदनशील अंग वक्षस्थल (स्तन) मा तातो खुकुरीले डामेकी छन् । पाँचथरै कै तुम्बेवा गाउँपालिका–३ निवासी २६ वर्षीया दीपा भनिने दिव्यानी माङलाकले ४५ वर्षीया फूलकुमारीलाई गत २ कात्तिकमा बोक्सी लागेको भनी तातो खुकुरीले डामेपछि अहिले प्रहरीले कारबाही चलाएको छ ।
फूलकुमारी घाँटी दुखेर बिरामी भएकीले उनी दिव्यानीकोमा जोखना हेराउन गएकी थिइन् । धामिनी दिव्यानीले आँखा लागेको भनी खुकुरी आगोमा तताएर फूलकुमारीको संवेदनशील अंग वायाँ वक्षस्थल, पेटलगायत शरीरको अन्य भागमा तातो खुकुरीले डामेको प्रहरीले जनाएको छ ।